साउदी पुगेको साता दिनमै बाकसमा फर्किए टीकाराम

  • असोज १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

झापा/  सुन्दर भविष्यको सपना बुनेर साउदी आएको एक सातामै झापा हल्दिबारी गाउँपालिका–१ निवासी टीकाराम रिमालको निधन भएको छ ।

न्यु अल्फा एचआर सर्भिसेज प्रालि म्यानपावरमार्फत साउदी अरेबियाको मिराके गेटवे कफी लिमिटेड कम्पनीमा वेटरको काम गर्न आएका उनी आएलगत्तै बिरामी परेका थिए ।

कोरोनाको बुस्टर डोज लगाएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । उपचारकै क्रममा उनको निधन भएको थियो ।

झापाली समाज साउदीका अध्यक्ष राजेन्द्र थापाले रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीलाई उनको निधन’दयगत जानकारी गराएपछि सम्बन्धित कम्पनीलाई जानकारी गराइएको थियो ।

१९ दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी शवलाई ४ असोजमा नेपाल पठाइएको थियो । शनिबार झापाको कन्काइमाईमा लगी उनको दाहसंस्कार गरिएको थियो ।

हल्दिबारी गाउँपालिका–१ का ओमनाथ रिमालका छोरा टीकारामको निधनसँगै उनको सपना पनि खेर गएको छ ।

उनको निधनपछि परिवारमा बज्रपात परेको छ । उनको परिवारले अहिले गायक प्रकाश सपूतको ‘बोल माया’ गीतको हरफ जबर्जस्ती स्वीकार्नु परिरहेको छ ।

बोलमाया गीतमा भनिएको छ, ‘धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा, कस्तो भई गयौ कस्तो भई आयौ काठको बाकसमा ।’

अनेक सपना बोकेर दिनहुँ सयौं नेपाली बिदेसिने गरेका छन् । कतिको सपना आंशिक वा पूर्णरूपमा पूरा पनि हुन्छ । तर, कतिका सपना रातो बाकसमै बन्द भएर फिर्ता हुन्छन् ।

टीकाराम भने रातो बाकसमा फर्किन बाध्य भए । विदेशबाट आएका शवको वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पु¥याउने काम गर्दै आएको छ ।

शवसँगै आएका अस्थु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर लिनुपर्ने व्यवस्था गरिएको छ ।

युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले देशको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको भन्दै नेपाल सरकारले गर्वसाथ तथ्य सार्वजनिक गर्दै आएको छ । तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा देश, समाज, उनीहरूका आफन्तमा भएको क्षति’दयगत खै मूल्यांकन रु

गत आर्थिक वर्ष २०७९–८० मा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख ७१ हजार ३२७ जना रहेकोमा १ हजार २०५ जनाको मृत्यु भएको थियो ।

आव २०६५–६६ देखि २०७९–८० सम्मको १५ वर्षमा १२ हजार १८९ जनाले ज्यान गुमाएका छन् ।

खाडी मुलुकमध्ये पनि गत आव २०७९–८० मा साउदी अरेबियामा मात्रै ३४६ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको छ ।

सोही आवमा मलेसियामा २८२ जना, कतारमा २२१ जना, यूएईमा १८७ र कुवेतमा ६८ जनाले ज्यान गुमाएका छन् ।  राजधानी दैनिकमा खबर छ ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved