दशैमा फुड फेस्टिबल हुने

  • असोज ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/ दसैंलाई लक्षित गरेर विराटनगरमा फुड फेस्टिवल आयोजना गरिने भएको छ ।

दसैंको अवसर पारेर असोज २८ गतेदेखि सात दिनसम्म मञ्जिना मुभिज क्रिएसन र भाजु युवराज फाउण्डेसनले फुड फेस्टिवल सञ्चालन गर्न लागेको हो ।

विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी असोज २८ गतेदेखि कात्तिक ४ गतेसम्म फुड फेस्टिवल आयोजना गर्ने तयारी भएको भाजु युवराज फाउण्डेसनका युनेशराज श्रेष्ठले जानकारी दिए ।

विगतमा जस्तै विराटनगरको हिमालय रोडमा फेस्टिवल आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

दसैं मनाउन घर फर्किएकाहरुलाई लक्षित गरेर फुड फेस्टिवल आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

यसले आगन्तुकहरुलाई मनोरञ्जन प्रदान गर्ने, स्थानीय पर्यटन प्रवद्र्धन हुने र विभिन्न खानाको परिकारको परिचयसँगै नयाँ स्वादमा उपभोक्ताहरु समाउन सक्ने आयोजकले जनाएको छ ।

फुड फेस्टिवलमा नेवारी, मारवाडी, थारू लगायत विभिन्न जातिका करिव २५ वटा स्टल राख्ने आयोजकको तयारी रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

त्यस अवसरमा सांगीतिक कार्यक्रम पनि समावेश गर्ने आयोजकले जनाएको छ । फुड फेस्टिवल आयोजना गर्न झण्डै ३१ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved