बेलडाँडामा उपमेयर कोषबाट पाइप विरतण

  • असोज १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ खानेपानीको पाइपमा क्षति पुगेपछि समस्या भोगीरहेका धरान वडा नं १४ स्थित बेलडाँडाका उपभोक्ताहरुलाई उपमेयर कोषबाट पाइप सहयोग भएको छ ।

उपभोक्ता समितिले धरान १४ वडा कार्यालयमार्फत माग गरे वमोजिम पाइप उपमेयर कोषबाट उपमेयर अइन्द्रबिक्रम बेघाले उपलब्ध गराएका हुन् । पाइप गत सोमबार उपमेयर बेघाले उपभोक्ता समितिलाई हस्तान्तरण गरेका थिए ।

उपभोक्ताहरुले माग गरेवमोजिम नै पाइप उपलब्ध गराइएको उपमेयर बेघाले जानकारी दिए । माग धेरै भएको तर उपमहानगरपालिकाको सिमित स्रोतसाधान भएकोले परिपूर्ति गर्न समस्या हुने पनि उनले बताए ।

वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले आपत विपद्को बेला नै आवश्यक पर्ने भएकोले यस्ता कोषहरु व्यवस्था गरिएको बताए ।

उनले उपमेयर बेघालाई धन्यवाद पनि दिएका थिए । बेलडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष ईश्वर राईले ४२ वटा धारा वितरण गरिएको बताए ।

भविष्यमा स्रोत थप गरेर उपभोक्ताहरु पनि थप्ने योजना रहेको उनले बताए । बर्खाले पाइपमा क्षति पुर्याए पनि वैकल्पिक स्रोतबाट उपभोक्ताहरुले पिउने पानी उपभोग गरिरहेको अध्यक्ष राईले जानकारी दिए ।

शिवराज प्यानलको चुन ...

धरान । आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघ ...

सुनाखरी एकेडेमीमा नव ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले कक् ...

बराहक्षेत्रबाट लागू ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट ...

महानगरद्वारा ५० प्रत ...

विराटनगर/ दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत वि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved