लालीगुँरासमा डेरी निर्माण भए पछि कृषक लाभान्वित

  • असोज ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ तेह्रथुमको लालीगुँरास नगरपालिका वडा नं. १२ मा दूध डेरी निर्माण शुरु भएको छ ।

कोशी मन्त्रालयको सहरी विकास मन्त्रालयका १ करोड ८६ लाखको लागतमा नगरपालिकाको बसन्तपुरमा डेरी भवन निर्माणको काम चलिरहेको छ ।

लालीगँुरास नगरपालिकामा पशुपालन बढी हुने र दूध पर्याप्त रुपमा उत्पादन भएपनि दूध स्टोरको समस्या थियो ।

डेरी भवन निर्माण भएपछि आफूले उत्पादन गरेको दूध खपत हुने भन्दै स्थानीयहरु हर्षित बनेका छन् । लालीगुँरास नगरपालिका क्षेत्रमा मात्रै दैनिक एक हजार लिटर भन्दा बढी दूध उत्पादन हुने गरेको छ ।

उत्पादित दूधले बजार पाएको थिएन । दूध बजारमा नगए पनि दही, घिउँ बनाएर विक्री वितरण गर्ने गरिएको छ । बजार अभावका कारण प्रसस्त विक्री वितरणमा समस्या रहेको थियो ।

डेरी भवन बन्ने भएपछि स्थानीयहरु अहिले हर्षित छन् ।
लालीगुँरास नगरपालिका बसन्तपुरका झमक पौडेलले उत्पादित दुध विक्री गर्न कठिन भएको बताएका छन् । डेरी भवन निर्माण भएर दूध संकलन हुन थालेपछि भने आफूले उत्पादन गरेको दूध सहजै रुपमा विक्री हुने बताएका छन् ।

उनी भन्छन्, ‘हामीले उत्पादन गरेको दूधको बजार नहुँदा विक्री गर्न नै पाएका थिएनौं, उत्पादन गरेको दूध घिउँ र दही बनाएर विक्री गर्दासमेत बजार अभावकै कारण पर्याप्त विक्री हुदैनथ्यो, अब डेरी भवन निर्माण सम्पन्न भएर दूध संकलन भएपछि हामीलाई राहत मिल्छ भन्ने लागेको छ ।’

अहिले भवन धमाधम निर्माण भइरहेको छ । निर्माणको जिम्मा कान्छाराम कन्ट्रक्सनले पूर्वाधार निर्माणको जिम्मा लिएको लालीगुँरास नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङले बताएका छन् । उनले लालीगुँरास नगरपालिकाको आयस्रोतको रुपमा कृषिलाई लिइएको बताए ।

उनले भने, ‘लालीगँुरास नगरपालिकाका सर्वसाधारणको प्रमुख आयस्रोतको रुपमा कृषि नै हो, नगरपालिकाले समेत कृषि क्षेत्रमा धेरै लगानी छुट्याएको छ, कृषि पछि हाम्रो अर्को आम्दानीको स्रोत पर्यटन हो, नगरपालिकाले पर्यटन प्रवद्र्धनमा पनि यथेस्ट बजेट छुट्याएका छा्रै ।’

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved