धरान मेघा बास्केटवल टिम नकआउट चरणमा प्रवेश

  • असोज ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेपाल बास्केटवल संघको सहकार्यमा काठमांडौ ललितपुरमा भइरहेको प्लस टु लेवल अक्सव्रिज थ्री वाइ थ्री बास्केटवल प्रतियोगितामा धरान १२ स्थित धरान मेघा हिमालयन कलेजका बास्केटवल टिमले सहभागिता जनाएको छ ।

शनिबार देखि शुरु भएको प्रतियोगितामा धरान मेघा कलेजले एक खेलमा जित र एक खेलमा पराजित भएर प्रतियोगिताको टप १४ मा पुग्दै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।

प्रतियोगिता उदघाटनको दिन शनिबार भएको खेलमा धरान मेघाले काठमांडौको ओमेगालाई १२–६ अंकको अन्तरले पराजित गरेको थियो । यसै गरि काठमांडौकै नामि संग ८–४ अंकले पराजित भए ।

धरान मेघा कलेज बास्केटवल टिमको प्रतिनिधित्व गर्दै धरान मेघा कलेजका प्रिन्स राई, डेनिस लिम्वु, पारुहाङ लिम्वु, तोङहाङ लिम्वु र प्रशिक्षक तथा व्यवस्थापकमा प्रदेश १ का महिला बास्केटवल खेलाडि आस्था राई र निवा लिम्वुले सहभागिता जनाएका छन् ।

सहभागि खेलाडि तथा प्रशिक्षकलाई धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वुले सफलताको सुभकामना दिदै विहिवार विदाई गरेका थिए ।

विदाइको क्रममा मेघा कलेजले प्रतियोगितामा जितहार भन्दा पनि विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागित गराई उनिहरुलाई प्रोत्साहन र अवसर प्रदान गर्नु महत्वपुर्ण रहेको अध्यक्ष लिम्वुले वताए ।

प्रतियोगितामा २२ वटा टिमले सहभागिता जनाएको छ । काठमांडौ वाहिर वाट धरानको मेघा कलेजको मात्र सहभागिता रहेको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved