कोशीपत्रका भण्डारी सहित आङथुपोलाई शशिकला स्मृति पुरस्कार

  • असोज ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इलाम/  ‘शशिकला स्मृति पुरस्कार’ २०८० बाट इलामका कोशीपत्र संवादाता भगिरथ भण्डारी सहित दुईजना पत्रकार पुरस्कृत भएका छन् ।

शहिद स्मृति प्रतिष्ठान इलामले शसिकला अधिकारी आर्चाय शर्माको स्मृतिमा स्थापना गरेकोे पुरस्कारबाट भण्डारी सहित नाटक क्षेत्रमा कलम चलाउने चेतन आङथुपोलाई पुरस्कार प्रदान गरेको हो ।

संविधान दिवसको अवसरमा इलाम सदरमुकाममा आयोजित कार्यक्रममा इलाम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले दोसल्ला र सम्मान–पत्रले सम्मान गरे ।

विगत १० वर्ष देखि इलामलाई कार्यक्षेत्र बनाई स्थानीय तथा राष्ट्रिय विभिन्न पत्रिका, अनलाइन र टेलिभिजनमा आवद्ध छन ।

भण्डारी हाल काठमाण्डौबाट प्रकाशित राजधानी दैनिकको इलाम संवाददाता, इलाम पोष्ट दैनिकको प्रबन्ध सम्पादक र सन्दकपुर अनलाइनको सम्पादक, धरानबाट प्रकाशित कोशी पत्र दैनिक इलाम संवाददाताको रुपमा कार्यरत छन ।

इलामको सन्दकपुर दैनिक पत्रिकाबाट पत्रकारिता थालेका उनले जनता र नेपाल नेट्वर्क टेलिभिजनमा इलाम संवाददाताको रुपमा अनुभव लिईसकेका छन भने आङथुपो नाटक लेखनमा क्रियशिल रहेका छन ।

ग्रामीण क्षेत्रमा बसेर पनि इलामका विषयलाई नाटकको माध्यमबाट कलम चलाईरहेका छन । आङ्थुपो चुलाचुली मिडिया अनलाइनका संचालक÷सम्पादक हुन् ।

कार्यक्रमका प्रमुख अतिथि बस्नेतले समाज रुपान्तरणका लागि पत्रकारिता र नाटक लेखनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले पछिल्लो समयमा सामाजिक सञ्जालमा हुने भड्किला गतिविधि समाजमा निकै चुनौतीको रुपमा रहेको भन्दै यसलाई चिर्नको लेखनक्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए ।

माओवादी सशस्त्र संघर्षको बेला तत्कालिन क्रान्तिकारी पत्रकार संघमा आवद्ध शसिकलालाई २०६० असोज २६ मा तत्कालिन शाही सेनाले इलाम नगरपालिका ३ पुवामझुवाको विडापानीमा गोली हानी हत्या गरेको थियो ।

आचार्य तत्कालिन देउमाई गर्जन पत्रिकाका सम्पादकको रुपमा थिइन् । उनकै नामबाट शहिद स्मृति प्रतिष्ठान इलामले पुरस्कार स्थापना गरेको हो ।

प्रत्येक वर्ष संविधान दिवसको दिन एकजना पत्रकार र लेखकलाई पुरस्कृत गरिने शहिद स्मृति प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेले बताइन् ।

‘देश र जनताको निम्ति ज्यानको आहुती दिन शहिदलाई सम्झन र ती शहिदले परिवर्तनका लागि पुर्याएको योगदानलाई जनतामाझ पुर्याउन सहयोग गर्ने उदेश्यले पुरस्कार स्थापना गरिएको हो’, अध्यक्ष घिमिरेले भनिन्, ‘हामीले पुरस्कारका लागि अक्षयकोष स्थापना गरेका छौँ,

अक्षय कोषको ब्याजबाट प्रत्येक वर्ष एकजना पत्रकार र लेखकलाई पुरस्कृत गर्नेछौँ ।’ कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले पत्रकारीता क्षेत्र जिम्मेवार भएमा मात्रै देशले सहि दिशा लिने बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved