लागु पदार्थ सेवन गरि सवारी चलाउने ८ जना पक्राउ

  • असोज ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ लागु पदार्थ सेवन गरेर सिटी, टेम्पो र मोटरसाइकल चलाउने सवारी चालकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी र लागूऔषध ब्युरोको टोलीले गत मंगलबार गरेको लापसे चेकजाँचको क्रममा ८ जनालाई नियन्त्रणमा मोरङका ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । विराटनगर–१६ रानी क्षेत्रमा सवारी चालकहरूले परीक्षण गर्दा ८ जनाले लापसे गरेको पाइएको उनले बताए ।

सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सह–चालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रहरीले लापसेसम्बन्धी चेकजाँच अभियान तीव्ररूपमा अगाडि बढाएको छ ।

लागूऔषध ओसार–पसार तथा नियन्त्रणको लागि प्रहरीले चालेको अभियान अन्तर्गत विराटनगर–१६ स्थित दक्षिणगेटमा सवारी साधन चलाउनेहरूलाई चेकजाँच गर्ने क्रममा ८ जनाको लापसे पोजेटिभ देखापरेपछि नियन्त्रणमा लिएको न्यौपानेले बताए ।

यसरी परीक्षणको क्रममा लापसे गरेर सवारी साधन चलाएको पत्ता लागेपछि कारबाहीको दायरामा ल्याउने उनले बताए ।

लापसे गरेर सवारी चलाउने ८ जनालाई इलाका प्रहरी कार्यालय रानीमा पठाइएको छ ।

यसअघि रानी नाकामा मोरङ प्रहरीले लागूपदार्थ सेवन नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ । ट्राफिक प्रहरीले लामो समयदेखि मापसे (मादक पदार्थ सेवन) चेकजाँचलाई निरन्तरता दिँदै आएको छ ।

ट्राफिक प्रमुख न्यौपानेले मापसे चेकजाँच प्रभावकारी देखिएको र मादक पदार्थ सेवन गर्ने सवारी चालक निरुत्साहित हुँदै गएको बताए ।

तर, मापसे छाडेर सवारीका चालक तथा सह–चालक लापसेतिर लागेको सूचना आएपछि चेकजाँच अभियान सुरु गरिएको उनको भनाइ छ ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved