जिरो प्वाइन्टमा दुर्घटना: एकजनाको मृत्यु

  • भदौ २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 

धरान /धरान उपमहानगरपालिका वडा नं. १३ मा जिरो प्वाइन्टमा दुर्घटना हुदा एकजना महिलाको घट्ना स्थलमै मृत्यु भएको छ भने सख्त घाइते भएका एक पुरुषकोे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

धरान १३ जिरोपोइन्ट धरान १६ स्टुडियम जाने बाटो र भानुचौक झर्ने सडक छेउमा दुर्घटना हुदा स्कुटीमा सवार पर्साकी बीपीमै कार्यरत कर्मचारी अमरिता माखिम (लिम्बु)को घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटीमा सवार मृतकका श्रीमान प्रभु दियाल चौधरीको धरास्थित बीपी कोइरालाको आकस्मिक कक्षमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिष्ठानको ३० औं स्थापना दिवसको अवसरमा आज विहान भएको ‘रन द म्याइलस फिल द स्माइल’ नामको म्याराथुन दौडमा प्रतिष्ठानका जिओपिडी देखि धरान १३ फुस्रेसम्म पुगेर आएको प्रतिष्ठानकै को १ क ११५९ नम्बरको बसले कर्मचारी प्रभु दियाल चौधरी र अमरिता माखिम (लिम्बु) चढेको प्रदेश १ ०–०२–०५२ प १९५२ नम्बरको स्कुटीलाई ठक्कर दिंदा स्कुटीमा सवार अमरिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करले को १ च ८१०८ नम्बरको भ्यानमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved