लायन्स क्लबले युवाका अधिकार तथा दायित्वका बिषयमा कार्यशाला

  • साउन २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर / लायन्स क्लब अफ बिराटनगर मेट्रोको आयोजनामा युवा अधिकार तथा दायित्वका बिषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । अगस्ट १२ अर्थात साउन २७ गते का दिन विश्व भर मनाइने युवा दिवसका अवसरमा लायन्स क्लब अफ बिराटनगर मेट्रोले आयोजना गरेको युवा अधिकार तथा दायित्वका बिषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

बिराटनगरको स्थीत जेनिथ कलेजमा आयोजित उक्त गोष्ठीमा बिराटनगर भरिका करिब ६० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो। गोष्ठीमा बिराटनगर मेट्रोका सचिव निराकार पोखरेलले युवा अधिकारका बारेमा सहजीकरण गरेका थिए भने अशोक शिवाकोटीले युवाहरु बिचमा हुनुपर्ने संचारका बारेमा सहजीकरण गरेका थिए ।

त्यसैगरी सस्थापक अध्यक्ष तथा युवाको क्षेत्रमा बिगत २ दशक देखि अनवरत रुपमा कार्य गरि रहेका युवा अभियानता कैलाश खाकी श्रेष्ठले युवाहरुको दायित्वका बारेमा जानकारी गराउदै उपस्थीत युवाहरुलाई विभिन्न समुहमा बिभाजित गर्दै छलफल गराउदै कार्यशाला संचालन गरेका थिए ।

कार्यक्रममा सहभागी मध्येका जीवन यादबका अनुसार युवा दिवसका अवसरमा युवा नै सहभागी भएर युवालाई नै तालिम प्रदान गरिएकोमा आफुहरुले युवाका सवालमा धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको बताए । त्यस्तै गरि अर्का सहभागी लता गुरुङले आफ्नो पहिलो कार्यक्रम भए पनि जीवनमा आईपर्ने युवाका बारेमा जानकारी प्राप्त भएको बताइन । सो गोष्ठी क्लबका प्रथम अध्यक्ष नरेश कुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved