अबिरल बर्षाका कारण प्रदेशका केहि क्षेत्रमा बाटो अवरोध

  • साउन २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर / कोशी प्रदेशका बिभिन्न स्थानहरुमा आएको अबिरल बर्षा हुदा बाढी पहिरोको कारण बिभिन्न क्षेत्रहरुमा सडक अबरोध भएको छ। ताप्लेजुङको मैवाखोलामा बाढी आउदा मेरिङदिन गाउँपालिका वडाम नम्बर – ३ दोभान बजार र आठराई त्रिबेणी गाउँपालिका वडा नम्बर – ५ जोड्ने मोटरेबल पुल सम्म जाने करिब ७ मिटर बाटो बाढीले बगाउदा दुवै तर्फको सवारी आवागमन बन्द भएको छ ।

त्यसैगी सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर –१ गुप्त बराह भित्री सडक खण्डमा पहिरो झरेर बाटो अबरोध भएको छ । भने ईलाम नगरपालिका वडा नम्बर –४ स्थित अधिकारी चोकको सडकमा पहिरो झरेर बाटो बन्ध भएको छ ।

यसैगरी तेह्रथुमको छथर गाउँपालिका र सिधुवा शुक्रवारे सडकखण्डको देविथानमा सडक माथीबाट पहिरो खस्दा बाटो अवरोध भएको, ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर – ८ खोक्से खोला नाजिकै राजमार्गमा सडक माथीबाट पहिरो खस्दा राजमार्ग अवरोध भएकोले उक्त स्थानहरुमा प्रहरी टोली खटिएर स्थानीय निकायहरु संग सहकार्य गरी बाटो खुलाउने पहल भईरहेको छ ।

यसैगरी झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर – ७ खुदुवावारीको शनिश्चरे सडक खण्डमा पर्ने बिरिङ खोलाको पुलको सडकको पुलमुनीको क्षेत्रमा बाढीले क्षति पुर्‍याउदा पुल जिर्ण अबस्थामा रहेकोले उक्त स्थानमा समेत प्रहरी टोली पुगि स्थानीय निकायको सहयोगमा बाँध बाध्ने कार्य भईरहेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved