धरान । धरानमा पानीको अभाव पुरा गर्न मेयर हर्कराज राई साङपाङ निर्वाचित भए सगै लागि परे । श्रमदानवाटै पानी ल्याउने उद्घोष गर्दे धरान आपसपासका खोला खोल्सीमा पुग्नुभयो मेयर साङपाङ । उनले केही स्थानवाट बर्षायाममा पानी ल्याएर ट्यांकीमा हाल्नु पनि भयो तर पानीको समस्या समाधान भएन । उनले पानी संकलन गरे पनि परिक्षण गरेनन् ।
धरानमा अहिले सतहवाट ल्याएको सोही पानीमा ‘फिकल कोलिफर्म’ भेटिएको छ । धरानको खानेपानी समस्या समाधान गर्ने भन्दै निर्वाचित भएसगै धरानका मेयर हर्कराज राई (हर्क साङपाङ) खोला खोल्सी धाए । उनले धरान आपसपासका भालु खोला, पकुवा खोला, सर्दूखोला, कोकाहा खोला लगायतका खोलाबाट पानी पनि ल्याए । बर्षायाममा उनले पानी ल्याए पनि सुख्खा मौषममा भने धरानले पुरानै नियति भोग्न बाध्य भए ।
धरानमा सुख्यायाममा पानीको आपुर्ति पुग्न त सकेन नै , उनले ल्याएको पानीले धरानको समस्या समाधान गर्नुको साटो अर्काै समस्या थपियो । विभिन्न खोलावाट परिक्षण नगरी ल्याएको पानीमा ‘फिकल कोलिफर्मर्’ नामक जिवाणु भेटियो । जुन मानव जीवनमा खतरानाक जिवाणु हो । खोलाको पानी टिटमेन्ट विना सिधेै टेयांकिमा हालियो र फिकल कोलिफर्म धरान खानेपानी व्यवस्थापन बोर्डले धरानबासीलाई वितरण गरिरहेको रहेको छ ।
मेयर साम्पाङको नेतृत्वमा सञ्चालन गरिएका अधिकांश अभियानबाट ल्याइएको पानीको वैज्ञानिक परीक्षण गरिएको छैन । खोला, खोल्सीबाट सिधै पाईप जडान गरेर ल्याइएको पानी सुद्धिकरण नगरी ट्यांकीमा मिसाउने गरिएको छ । स्थानीय सुमन श्रेष्ठलाई अत्याधिक ज्वँरोसगै पाखाला समेत लागेपछि धाराको पानी पिउँदा बिरामी परेको शंका लाग्यो । आफ्नै खर्चमा पानीको गुणस्तर परीक्षण गर्ने निधो गरे ।
उनल बोर्ड मार्फत वितरण भईरहेको विभिन्न ७ ठाउँकोे पानी खानेपानी मन्त्रालय अन्तर्गतको इटहरीस्थित जल गुणस्तर परीक्षण ल्याबमा परिक्षण गराए । ल्यावले धरानमा वितरण भइरहेको सतहको पानीमा ‘फिकल कोलिफर्म’को मात्रा ५ देखि ३५ युटिनसम्म सम्म भेटियो । मानिस र जनावारको दिसापिसाबमा पाईने जीवाणुको समूह हो, फिकल कोलिफर्म ।
पानीमा फिकल कोलिफर्म भेटिए खान अयोग्य मानिन्छ । राष्ट्रिय पिउने पानी गुणस्तर मापदण्ड २०७९ अनुसार पानीमा कोलिफर्मको मात्रा प्रति १०० मिलिलिटर शून्य कोलोनी फर्मिङ युनिट (सीएफयु) हुनुपर्छ । अर्थात पानीको ‘फिकल कोलिफर्म’ कोलिफर्भ हुनुनहुने पानी विशेषज्ञ डा. तेजेन्द्र पण्डित बताउँछन् ।
धरान खानेपानी व्यवस्थापन बोर्डले धरान उपमहानगरपालिका वडा नंं. १७ र ११ को सीमा क्षेमा पर्ने विष्णुचोकमा स्थापना गरेको पानी ट्यांकीमा दुईवटा स्रोतको पानी मिसाईएको छ । त्यसमध्ये एउटा स्रोत जमिनमुनीबाट बोरिङ गरेर निकालिएको पानीमा कोलिफर्म देखिएको छैन । त्यही ट्यांकीमा कोकाखोलाबाट ल्याएको पानी मिसाइएको छ ।
कोका खोलाबाट ल्याइएको पानीमा कोलीफर्मको मात्रा ५ पाइएको छ । धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ)को नेतृत्वमा अभियान सञ्चालन गरेर कोकाखोलाबाट पानी ल्याइएको हो । बोर्डको सर्दु खोलामा रहेको रिजर्भेसन ट्यांकीको नमूना परिक्षण गर्दा कोलिफर्मको मात्रा १० भेटिएको छ ।
खर्दु खोलाको पानी ट्यांकीमा कोलिफर्मको मात्रा १५ भेटिएको छ । निसाने खोलाको निर्माण गरिदिएको पानी ट्यांकीमा कोलिफर्मको मात्रा २० भेटिएको छ । ब्रिटिस वेलफेयरको सहयोगमा मेयर साम्पाङको अभियान अन्तर्गत निसाने खोलाबाट पानी ल्याइएको हो ।
निसाने खोलाको ट्यांकीहरूमा विभिन्न खोलाबाट ल्याइएको पानी सोझै मिसाउने गरिएको छ । धरान–१३ को फुस्रोमा रहेको ट्यांकीको पानीमा कोलिफर्मको मात्रा ३० युनिट छ । त्यस्तै, धरान–१४ को विजयपुरस्थित ट्यांकीबाट धरान–३ स्थित गौधारामा ल्याइएको पानीमा कोलिफर्मको मात्रा ३५ युनिट छ ।
मेयर हर्कराज राई (हर्क साङपाङ) ले भने सतहको पानि वितरण विकल्प नभएको वताउछन् । खानेपानी वोर्डका अध्यक्ष समेत रहेको मेयर साङपाङले आफुहरुले धमिलो पानि वितरण गरेको स्विकार गरेपनि पानिको सुद्धिकरण गर्नु भन्दा पनि उपभोक्तालाई सचेत आग्रह गर्छन ।
मेयर राईले भिडियोमा ‘फिकल कोलिफर्म’ युक्त पानि वितरण भएको स्विकार गरे पनि सामाजिक सञ्जालमार्फत भने यो परिक्षण आधिकारिक रुपमा नभएकोले मान्य नहुने स्पष्ट पारेका छन् । मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिप्रति धराने जनताले गैरजिम्मेवारीपनको संज्ञा दिएका छन् ।