धरान हुँदै गाँजा तस्करी प्रयास विफल, ब्राउन सुगरसहित युवक पक्राउ

  • असार १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान /सुनसरीको धरान हुँदै तस्करी गर्न लागिएको ठूलो परिमाणको गाँजा बरामद गरिएको छ भने भण्टाबारी नाका हुँदै नेपाल ल्याउँदै गरेको ब्राउन सुगरसहित एक युवक पनि पक्राउ परेका छन्।

धरान हुँदै लागू औषध तस्करी गर्ने प्रयासमा संलग्न एक अटो चालक गाँजासहित पक्राउ परेका छन् भने अर्को घटनामा भण्टाबारीबाट ब्राउन सुगरसहित एक युवक समातिएका छन्।

मिति २०८२ असार १२ गते राति ११ः२० बजे धरानबाट पकलीतर्फ जाँदै गरेको को. १ ह. ९५१० नम्बरको अटोलाई प्रहरी चौकी भरौलबाट खटिएको टोलीले सुनसरी खोलाको पुल नजिकै चेकजाँच गर्दा, अटोमा लुकाइ राखिएको ७५ के.जी. लागू औषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको हो।

प्रहरीले उक्त अटो चालक इटहरी उपमहानगरपालिका–१० का ४५ वर्षीय सुरतलाल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा पठाएको जनाएको छ।

यसअघि सोही दिन बिहान ४ः५० बजे कोशी गाउँपालिका–८ स्थित भण्टाबारी चौकमा भारतबाट ल्याउँदै गरेको अवस्थामा २४ वर्षीय आकाश कुमार मण्डललाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको थियो।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–११ बसोबास गर्ने मण्डलले ल्याएको आँपको काटन चेकजाँच गर्दा, दानाभित्र लुकाइ राखिएको २.५० ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

दुबै घटनामा पक्राउ परेका व्यक्तिहरूविरुद्ध लागू औषध सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

 tepmfo

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved