एसईइ रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा चार स्कुल अन्तिम आठमा

  • साउन ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरी गरि चार वटा स्कुल अन्तिम आठमा पुग्न सफल भएका छन ।

गत सोमबार विराटनगरमा भएको रनिङ्ग शिल्ड प्रतियोगितामा खेलमा सुनसरी दुहबीको थर्ड आई स्कुल, मोरङ कटहरीको प्रजातन्त्र मावि, सहिद स्मृती आवसिय मावि, र विराटनगरको सत्यनारयण मावि विजय भई अन्तिम आठमा पुग्न सफल भएका छन ।

 पहिलो खेलमा थर्ड आई स्कुलले विराटनगरको डन बस्को स्कुललाई १ – ० गोलको अन्तरले पराजित गरेको थियो । जितको लागि थर्ड आइका सुसान्त चौधरीले निर्णायक गोल गरे । उक्त  खेलको म्यान अफ द म्याच आशिष कामत घोषित भए ।

 दोस्रो खेलमा सहिद स्मृती आवसिय माबिले माउन्ट मनास्लु स्कुललाई टाइब्रेकरमा ४–२ गोलको अन्तरले हराएपछि । निर्धारित समय सम्म १–१ गोलको अन्तरमा बराबरी भएपछि जितको निर्णाय टाइब्रेकरबाट भएको थियो ।

 तेस्रो खेलमा प्रजातन्त्र माबिले दिल्ली पब्लिक स्कुललाई २ –१ गोलको फरकले पछि पादै । जितको लागि दुवै गोल प्रजातन्त्र माविका अनुज उरावले गरे । सान्तवना गोल डिपिएसका जेनिल बिष्टले फर्काए थिए । खेलको म्यान अफ द म्याच प्रजातन्त्र माविका अमित सरदार घोषीत भए ।

चौथो खेलमा सत्यनारायण माबिले सनसाइन स्कुललाई १–० गोलले पराजित गदै जितको लागि निर्णायक गोल हेमन्त राजबंशीले गरेका थिए । म्यान अफ द म्याच सनसाईन स्कुलका समीर लामा घोषित भएका छन ।

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved