गुरु पुर्णिमाको अवसरमा एस्पायरद्वारा गुरु सम्मान

  • असार १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर/  बिराटनगर स्थित एस्पायर कलेजले गुरु पुर्णिमाको अवसरमा गुरु सम्मान कार्यक्रम आयोजना गरिएको छ ।

बिद्यार्थीहरुको तर्फबाट आयोजना गरिएको कार्यक्रममा कलेजमा अध्यापनरत गुरुहरुलाई उपहार सहित सम्मान गरेका हुन ।

कार्यक्रममा नृत्य , गायन , कविता वाचन सहितको कार्यक्रम आयोजना गरेर बिद्यार्थीहरुले गुरु पुर्णिमा मनाएका छन् ।

कार्यक्रममा गुरुको महिमा बारेमा बिद्यार्थीहरुले तयार पारेको प्रवचन समेत प्रस्तुत गरिएको थियो भने गुरु बन्दना समेत वाचन गरिएको थियो ।

बिद्यार्थीहरुले शिक्षकहरुलाइ पुष्प गुच्छा र खादा तथा उपहारद्वारा सम्मानित गरेका थिए । बिद्यार्थीहरुले गरेको कार्यक्रम उत्कृष्ट रहेको कलेजका प्रमुख चिन्तामणि बस्नेतले बताए ।

बिगत २ दशक देखि प्राध्यापन पेशामा रहे पनि यसरी सम्मानित हुने अवसर पहिलो पटक प्राप्त गरेको र यसले आफुलाइ भावुक बनाएको बताउदै बिद्यार्थी र शिक्षकको सम्बन्ध माथी चर्चा गरेका थिए।

20230702174957_IMG_9131

कलेजका आइटीको अर्डिनेटर खेमनाथ खतिवडाले बिद्यार्थी र शिक्षक बिचको सम्बन्धमा आधारित कविता वाचन गरेका थिए ।

आइ टि संकायका सक्षम सुवेदी र सन्तोष नेम्बाङले कविता वाचन गरेका थिए भने , प्रनिशा , कृतिग्या , रिबो र स्वेताले नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै होटल म्यानेजमेन्ट संकायका मिरा द्वारा नृत्य र सुगन्ध लगायतको टिम द्वारा गायन प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको संचालक बिनम पौडेल रहेका थिए । सुशान्त नेपालले उपस्थित सबैलाई स्वागत गरेका थिए भने गौरव दाहालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

धरानमा गर्ल फ्रेण्डक ...

धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवा ...

धरानमा जिल्ला स्तरीय ...

धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुला ...

धराने सर्वपक्षिय टोल ...

काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

‘मिस्टर स्टेट राजभगत ...

धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved