भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिर उद्घाटन

  • असार १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / विराटनगर महानगरपालिका–११ स्थित बस टर्मिनलमा निर्मित भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिरको उद्घाटन गरिएको छ ।

महानगर मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सोमबार विधिवत रुपमा पूजा गर्दै भ्यूटावर र विश्वकर्मा बाबाको मन्दिरको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा मेयर कोइरालाले महानगरपालिकाले बसपार्क निर्माणका लागि उचित जग्गाको खोजी गरिरहेको बताउनुभयो ।

विराटनगरमा आउने आन्तरिक पर्यटकको पहिलो गन्तव्य बसपार्क नै रहेकाले व्यवस्थापन समिति र सर्वसाधारणलाई महानगरपालिकाले थालेको सफा, सुन्दर र हरित महानगरको अभियानमा साथ दिन सम्पूर्ण विराटनगरलाई आह्वानसमेत गर्नुभयो ।

यस्तै महानगरपालिकाकी उपमेयर कार्कीले बसपार्कमा यस आर्थिक वर्षको योजनामा स्तनपान र धुम्रपान क्षेत्रको निर्धारण गरी कक्ष निर्माण गर्ने बताउनुभयो ।

विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले बस टर्मिनललाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।

बस टर्मिनल व्यवस्थापन समितिका अध्यक्ष पदमकुमार श्रेष्ठले बसपार्क व्यवस्थापनमा सहयोग गरेकाले महानगरपालिकालाई धन्यनवाद ज्ञापन गर्नुभयो ।

उद्घाटन समाहरोमा वडा प्रहरी कार्यालयका प्रमुख डीएसपी विजय श्रेष्ठ, बस व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष सरोज श्रेष्ठ,

नेपाल ट्रेड युनियन महासंघका कोशी प्रदेश अध्यक्ष किशोर धमलालगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved