औषधी व्यसायीद्धारा निःशुल्क स्वास्थ्य शिविर

  • असार १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर औषधी व्यवसायी संघ मोरङ शाखाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

संघले शनिबार मोरङको गछियामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट दुई सय जनाले स्वास्थ्य परीक्षण गरेका थिए ।

वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुधिर श्रेष्ठ, वरिष्ठ नवजात तथा शिशुरोग विशेषज्ञ डा. राजेश यादव, फिजिसियन डा. चन्दन विश्वास, स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. रेनुका राठीले सुन्दरहरैचा नगरपालिका भित्रका दुई सय जनाको स्वास्थ्य जाँच गरेको औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए ।

शिविरमा आएर स्वास्थ्य परीक्षण गरिएका विरामीलाई चिकित्सकले सिफारिस गरेको औषधी पनि निःशुल्क वितरण गरेको उनले बताए । संघका सहकोषाध्यक्ष पुष्पराज पोखरेलको संयोजत्वमा उक्त शिविर भएको हो ।

संघको स्थापना दिवसमा मोरङ शाखाले सप्ताहव्यापी कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ । यसअघि कोशी अस्पतालका विरामीहरुलाई फलफूल वितरण, ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण र खुल्ला रक्तदान कार्यक्रम आयोजना गरीसकेको छ ।

संघले आइतबार सप्ताहव्यापी कार्यक्रम समापन गर्दैछ । नेपाल पत्रकार महासंघमा दिउँसो कार्यक्रम आयोजना गरी सप्ताहव्यापी कार्यक्रम विधिगत रुपमा सम्पन्न गर्नेछ ।

समापनमा संघले अग्रज व्यवसायीहरुलाई सम्मान पनि गर्ने कार्यक्रम राखेको छ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved