ताप्लेजुङ, पाँचथर र संखुवासभाका बाढीपिडितलाइ ५ लाखका दरले धरानको सहयोग

  • असार ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /  केही दिन अघि देखिको अविरल वर्षाले पहाडी जिल्लाको क्षेत्रमा आएको बाढी पहिरोले क्षती पुर्याएको पिडितहरुलाइ राहतका धरान उपमहानगरपालिकाले सहयोग रकम प्रदान गर्ने निर्णय गरेको छ ।

आज बसेको धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले राहत सहयोग गर्ने निर्णय गरेको हो ।

गत हप्ताको शनिबार देखिको अविरल वर्खाले पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र संखुवासभाका बाढी पहिरो पिडितलाइ ५ लाख रुपैयाको दरले तीन वटै जिल्लालाइ प्रदान गरिने निर्णय गरेको छ ।

सहयोग रकम जिल्ला दैबिक प्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय गरिएको उपमेयर आइन्द्रबिक्रम बेघाले बताए ।

कोशी प्रदेशमा बाढीपहिरोमा परेर ८ जनाले ज्यान गुमाइ सकेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ताप्लेजुङमा ४, पाँचथर २, भोजपुर र संखुवासभामा एक-एक जनाको मृत्यु भएको छ।

ती मध्ये पहिरोले पुरेर मृत्यु हुनेको संख्या ५ छ। हालसम्म ९ जना घाइते भएका छन् भने २८ जना बेपता रहेको प्रहरीले जनाएको छ।

 

यो पनि

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved