ताप्लेजुङ, पाँचथर र संखुवासभाका बाढीपिडितलाइ ५ लाखका दरले धरानको सहयोग

  • असार ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /  केही दिन अघि देखिको अविरल वर्षाले पहाडी जिल्लाको क्षेत्रमा आएको बाढी पहिरोले क्षती पुर्याएको पिडितहरुलाइ राहतका धरान उपमहानगरपालिकाले सहयोग रकम प्रदान गर्ने निर्णय गरेको छ ।

आज बसेको धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले राहत सहयोग गर्ने निर्णय गरेको हो ।

गत हप्ताको शनिबार देखिको अविरल वर्खाले पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र संखुवासभाका बाढी पहिरो पिडितलाइ ५ लाख रुपैयाको दरले तीन वटै जिल्लालाइ प्रदान गरिने निर्णय गरेको छ ।

सहयोग रकम जिल्ला दैबिक प्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय गरिएको उपमेयर आइन्द्रबिक्रम बेघाले बताए ।

कोशी प्रदेशमा बाढीपहिरोमा परेर ८ जनाले ज्यान गुमाइ सकेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ताप्लेजुङमा ४, पाँचथर २, भोजपुर र संखुवासभामा एक-एक जनाको मृत्यु भएको छ।

ती मध्ये पहिरोले पुरेर मृत्यु हुनेको संख्या ५ छ। हालसम्म ९ जना घाइते भएका छन् भने २८ जना बेपता रहेको प्रहरीले जनाएको छ।

 

यो पनि

दनुवार समुदायकी भिम ...

धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले ...

वीपी प्रतिष्ठान छाता ...

काठमाण्डौं/ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री त ...

नवोदयमा विद्यालय स्त ...

धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रब ...

साँझ साढे ५ बजे सार् ...

काठमाडौँ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved