बिराटनगर / कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सिमावर्ती इलाकाको निरीक्षण तथा अनुगमन गरेका छन ।
उनि संगै सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल, राष्ट्रिय अनुसन्धान निर्देशक कृष्ण प्रसाद खनाल, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकाल लगायत सुरक्षा निकायका प्रमुखहरुले सुनसरी जिल्लाको सिमावर्ती इलाकाको निरीक्षण तथा अनुगमन गरेका छन ।
अनुगमनको क्रममा सुरक्षा निकायका प्रमुखहरुले सिमावर्ती इलाकाहरुमा परिचालन भएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन तथा अन्तरक्रिया छलफल समेत गराएका छन ।
उक्त अन्तरक्रिया कार्यक्रममा सिमावर्ती एरिया र इलाकामा परिचालित रहेका सुरक्षाकर्मीहरुबाट उठेका प्रश्नहरुको सम्बन्धमा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रदेश प्रमुख द्वारा आफ्नो धारणा राख्नुका साथै सीमा नाकाबाट हुने गरेका गैरकानूनी कृयाकलाप रोक्न सबैले आपसी समन्वय र सहकार्य गरी एउटै टिमको रुपमा प्रस्तुत भई कडाईका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन ।
सशस्त्र प्रहरी सिमा सुरक्षा बल कप्तानगंजमा भएको निर्देशन तथा अन्तरक्रिया कार्यक्रममा सुनसरीको अमडुब्बा, सितागंज, साहेवगंज, देवानगंज, राजगंज सिनवारी, चिमडी एरियामा परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरी वल नेपालका युनिट ईन्चार्जहरु समेत सहभागी रहेका थियो ।
भने सिमा सुरक्षा वेस उल्टी सुनसरीमा भएको निर्देशन तथा अन्तरक्रिया कार्यक्रममा भाण्टावारी, लौकही,नरसिंहटप्पु,भुटाहा, हरिनगरा एरियामा परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरी वल नेपालका युनिट ईन्चार्जहरुको सहभागी रहेका थिए ।सिमावर्ती इलाकाको निरीक्षण तथा अनुगमनको क्रममा उक्त एरियामा रहेका भारतिय सुरक्षा निकायका पदाधिकारीहरुसंग समेत संक्षिप्त अन्तरक्रिया समेत भएको थियो ।