वार्षिकोत्सवको अवसरमा निःशुल्क परीक्षण

  • वैशाख १०, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  धरान १ मा रहेको स्पार्क फाइभ अस्पताले ९ औं वार्षिकोत्सवको अवसरमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
शिविरमा १ सय २० जना सर्वसाधारणले निःशुल्क परीक्षण गराएका थिए ।

341285058_1209299499780935_3927651678795975546_n 341811331_1273945716664063_641442207387287234_n

डा. सुनिलकुमार पौडेलको प्रमुख आतिथ्य तथा देवरत्न शाक्यको अध्यक्षतामा अस्पतालकै प्रांगरणमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
शिविरमा प्रमुख अतिथि समेत रहेका बेलायत र अमेरिकामा समेत स्वास्थ्य क्षेत्रमा काम गरिसकेका डा.सुनिलकुमार पौडेल र डा. तारा भुजेलबाट चेकजाँच गरिएको थियो ।

विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म भएको शिविरमा ढाँड, कम्मर, गर्धन, जोर्नी दुख्ने, नशा च्यापिएको लगायतका समस्या भएका विरामीहरुको चेकजाँच गरिएको अस्पतालले जनाएको छ ।

लामो समयदेखि उपचार गराउन नपाएकाहरुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको हो । शिविरमा बाथरोग, युरिक एसिड, शरीर झमझमाउने, प्यालाइसिस, मुख बाँगिएको उपचार गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार बार्षिकोत्सवको अवसरमा शिविरमा आएकाहरुलाई ल्याव परीक्षणमा २० प्रतिशत, निःशुल्क औषधि वितरण, उपचार तथा वेड भर्नामा १० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

341318295_498147955736171_1851216243836540836_n

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved