स्वास्थ्य मापदण्ड पालना गर्न महानगरको आग्रह

  • वैशाख ७, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमण पुनः बढ्न थालेपछि विराटनगर महानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्न महानगरवासीलाई आग्रह गरेको छ ।

महानगरपालिकाको तर्फबाट मेयर नागेश कोइरालाको निजी सचिवालयमार्फत जारी गरिएको अपीलमा कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको हो ।

कोभिड–१९ को बढ्दो संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका (रानी भन्सार नाका)मा अटुट रुपमा एन्टिजेन्टको परीक्षण भइरहेको समेत अपीलमा उल्लेख छ । “विराटनगर–१५ स्थित रानी अस्पताल, विराटनगर–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र र विराटनगर–१९ स्थित वैजनाथपुर अस्पतालबाट पनि कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको छ,” अपीलमा भनिएको छ, “उक्त स्वास्थ्य केन्द्रहरूबाट आवश्यक परेको अवस्थामा जुनसुकै बेला परीक्षण गर्न सकिने व्यहोरा जानकारी गराउँदछौं ।”

केस इन्भेष्टिगेसन तथा कन्ट्याक ट्रेसिङ, क्वारेन्टाइन, आइसोलेसन तथा स्वास्थ्यकर्मी परिचालनसहित आवश्यक सामग्रीको समेत व्यवस्था गरिएको महानगरले जनाएको छ । कोभिड–१९ को जस्तो मिल्दोजुल्दो लक्षण देखिएको खण्डमा नजिकको स्वास्थ्य केन्द्र सम्पर्क गर्नसमेत विज्ञप्तिमार्फत महानगरवासीमा अनुरोध गरिएको छ ।

“कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन र सम्भावित जोखिमबाट बच्न बचाउन विराटनगर महानगरपालिका सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved