वार्षिक उत्सवमा कक्षा १२ लाई विदाई

  • वैशाख १०, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान माध्यामिक विद्यालय (धरान उच्च) को २४ औं वार्षिक उत्सव कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरिएको छ ।
धरान कलेज अफ मेनेजमेन्टको प्राङगणमा भएको कार्यक्रमा कक्षा ११ र १२ को आन्तरीक परिक्षा र विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

विद्यालयका अध्यक्ष शिव नारायण साह, विरेन्द्र मेमोरियल कलेजका प्रिन्सिपल तारा वहादुर निरौला, सहयाक प्रिन्सिपल सुरेश घिमिरे, विज्ञान संकायका इन्चार्ज सुनिल भगत, कलेजका संचालक डा. गोविन्द तुम्वाहाङ, चन्द्र बहादुर फोम्वो लगायतले विद्यार्थीहरुलाई मेडल र प्रमाण– पत्र वितरण गरेका थिए । उच्चले गुुणस्तरीय शिक्षा मात्र नभएर विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि अतिरिक्त क्रियाकलापलाई समेत विशेष जोड दिदै आएको छ ।

सो अवसरमा विद्यालयका अध्यक्ष शिव नारायण साहले धरान उच्चले शिक्षा क्षेत्रमा उत्कृष्ट नतिजा दिन सफल हुदै आएको दावी समेत गरेका थिए ।
साहले कक्षा १२ का विद्यार्थीहरुलाई उत्कृट नतिजा ल्याउन शुभकामना दिँदै धरान उच्चका सबै विद्यार्थी नै यस कलेजको व्रान्ड एम्वेस्डर भएको वताए ।

कार्यक्रममा कक्षा १२ को अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई विदाई गरीएको थियो ।
विद्यालयका प्रिन्सिपल चित्रप्रसाद ढुुङ्गेल,नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिवद्धय भोला श्रेष्ठ, तिर्थ कार्की, लगायतले कक्षा १२ का विद्यार्र्थीहरुलाई अविर खदा लगाई मायाको चिनो सहित विदाई गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved