धनकुटा बजारका नाङ्गो तार व्यपस्थापन गदै

  • चैत २१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा /धनकुटा बजार क्षेत्रमा रहेको विद्युतको नाङ्गो तार हटाउन सुरु  गरिएको छ । विद्युत लाइन विस्तारका गर्नक्रमा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउँन थालिएको छ ।

 नाङ्गो तारका कारण बजार क्षेत्रमा जोखिम हुने सम्भावना भएकाले मंगलबार देखि पहलिो चरणको काम सुरु गरिएको विधुत प्राधिकरण धनकुटाका प्रखमु प्रलाद पोखरेले बताएका छन ।

मदनचोकदेखि परिचयमोड सम्मको तार फेर्ने काम भइरहेको छ । पोखरेललेका अनुसार एबीसी केवलमा एउटै लठ्ठा भित्र धेरै वटा तारहरु राखिएर बाहिरी कभर लगाउको हुने भएकाल छुँदा करेन्ट नलागने भएपनि तार पुरानो हुँदै जाँदा कुनै कारणले बाहिरी कभर उक्किएको अवस्थामा करेन्ट लाग्न सक्ने भएकाले जथाभावी नछुन उनले सुझाव समेत दिएका छन ।

धनकुटा नगरपालिकाको  वडा नम्बर ७  र विद्युत प्राधिकरणको समन्वयमा हुलाकटोल क्षेत्रमा तार फेर्ने काम भइरहेको छ । सडक क्षेत्रमा नगर प्रहरी खटाएर विद्युत प्राधिकरणका कर्मचारीले तार फेर्ने काम गरिरहेका छन् ।
अब, विद्युत प्राधिकरणसँगको समन्वयमा क्रमिक रुपमा बजार क्षेत्रमा रहेका सबै नाङ्गो तारहरु हटाएर सुरक्षीका लागि एबीसी केवल लगाउने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताएका छन ।

‘नाङ्गो तारमा करेन्ट लाग्ने जोखिम बढि हुने भएकाले बजार क्षेत्रमा हेर्दा पनि धेरैवटा तार गज्याङगुजुङ नराम्रो देखिने हुनाले एउटै लठ्ठा भएको एबीसी तार लगाउँन थालिएको हो तामाङ भन्छन्, पहिलो चरणमा हुलाकटोल क्षेत्रमा तार फेरिँदैछ अब विद्युत प्राधिकरणसँग समन्वय गरेर क्रमिक रुपमा बजार क्षेत्रका सबै नाङ्गो तार फेर्ने बताएका छन ।

सुरक्षित र हेर्दा पनि राम्रो देखिने हुनाले बजार क्षेत्रमा एबीसी केवल नै उपयुक्त देखिएको धनकुटा नगरपालिका–७ का वडाध्यक्ष रोशेष श्रेष्ठ बताउँछन् । यसअघि हिले बजार क्षेत्रमा पनि नाङ्गो तार हटाएर एबीसी केवल लगाइएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved