जेसिज सप्ताह सम्पन्न

  • फागुन २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /  बिराटनगर जेसीजको ‘जेसीज सप्ताह’ सम्पन्न भएको छ । साता ब्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै जेसीज सप्ताह सम्पन्न भएको हो ।
समापनमा समाजमा महत्वपूर्ण भुमिका निर्वाह गरेका दुई युवालाई सम्मानित गरिएको छ ।

उद्योग वयवसायको माध्यमबाट बिराटनगरलाई देशभर चिनाउन गरेको योगदान र युवा उद्यमशीलतालाई प्रवर्धन गर्दै युवाहरुलाई आफै व्यवसायी बन्ने बाटोमा हिडाउन गरेको प्रयासको सह्राना गर्दै विराटनगर जेसीजले युवा उद्योगपती बिपिन काबरालाई जेसीज सम्मान द्वारा सम्मानित गरिएको हो ।

हास्य विधामार्फत् सचेतना जोगाउने काम गरेको र हास्य व्यङ्ग्य मार्फत मोरङ जिल्लालाई चिनाउन गरेको योगदान स्वरुप उच्च कदर गर्दै बिराटनगर जेसिजको ‘जेसिज सप्ताह’ समापनको अवसरमा कलाकार सुमन कार्की लाई सम्मानित गरिएको हो ।

साथै ५० वर्ष पुगेको अवसरमा सम्पूर्ण पुर्व अध्यक्षहरुलाई ताम्रपत्र सहित सम्मान गरिएको थियो । यस्तै समाजमा योगदान पु¥याउने अन्यलाई समेत सम्मान गरिएको थियो । समापन कार्यक्रममा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत काकीका उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी रश्मी बस्नेत लगायत संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved