मेयर कोइरालादुारा नगर बस सञ्चालनको परीक्षण

  • फागुन २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याउन लागेको नगर बसका लागि दोस्रो पटक रुट परीक्षण (ट्रायल) गरिएको छ।

महानगरपालिकाका मेयर नागेश कोइरालाले बिहीबार रुट परीक्षण गरेका हुन् । कम्पनीकै गाडीमार्फत रुट परीक्षण गरिएको हो । नगर बसमा ज्येष्ठ नागरिक र अपाङ्गताले निःशुल्क आवागमन गर्न पाउनेछन् ।

महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने मेयर कोइरालाले जानकारी दिए । बसमा एसीसहितका विभिन्न सुविधा हुने महानगरले जनाएको छ । पूर्ण रुपमा तयार भएपछि नगर बस सञ्चालनमा ल्याइनेछ ।

परीक्षणका क्रममा सवारी चाप, जनघनत्व, घुम्ती तथा मोडहरुमा आइपर्ने समस्यालगायतका विषयमा समेत अध्ययन हुनेछ ।महानगरले मिलन चोक, ढाट, इक्राही, केशलियालगायत विभिन्न रुटबाट बस सञ्चालन गर्ने तयारी गरेको छ ।

सर्वसाधारणको सहज आवागमनको उद्देश्यसहित महानगरले सिटी बस सञ्चालन गर्न लागेको जनाइएको छ । प्रारम्भिक चरणमा १९ वटा सिटी बस सञ्चालनको तयारी रहेको मेयर कोइरालाले बताए ।

निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा नगर बस सञ्चालनको प्रक्रिया अन्तिम चरणम पुगेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सन्देश प्रवाह गर्दै ...

धरान/ जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले ...

सामाजिक सञ्जालमार्फत ...

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार ...

५ वर्षदेखि फरार जबरज ...

धरान/जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैद सजाय पा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved