११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस "श्रमिक महिलालाइ सम्मान गर्दै मनाइयो"

  • फागुन २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरानमा श्रमिक महिलादेखि लिएर व्यवसायिक, हस्तकला क्षेत्र तथा नर्स पेशामा योगदान पुर्‍याउने सात जना महिलाहरुलाई सम्मान गरिएको छ ।

‘लैंगिक समानताको बलियो आधार,सिर्जनात्मक प्रविधि र महिलाको पहुचको विस्तार’ भन्ने मूल नाराका साथ महिला सञ्जाल धरानको संयोजन तथा धरान उपमहानगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

श्रम क्षेत्रमा समर्पित धरानका त महिलालाई सम्मानित गरिएको हो । सम्मान समारोहमा स्वास्थ्य क्षेत्रमा समर्पित विजयन्ती लिम्बूलाई ’साथी अवार्ड’ बाट सुशोभित गरेको छ । परिवार नियोजनमा लामो समयसम्म काम गरेर विजुली बत्ती नहुदा पनि टुकी बालेर गाउँगाउमा पुगेर सीमान्तकृत र निम्न आय भएकाहरुलाई सेवा प्रदान गरेको भन्दै लिम्बुलाई सम्मान गरिएको बताएको थियो ।

यसैगरी सञ्जालले यातायात, हस्तकला, पूष्प व्यावसाय, गृह श्रमिक, सरसफाइलगायतका क्षेत्रमा काम गर्ने महिलालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा धरानमा पहिलो पटक टेम्पो चलाउने महिला यातायात श्रमिक धरान १ की मालती तामाङ, धरान ११ की हस्तकलाकर्मी महिला मनमाया राई, धरानमा पहिलो पटक पूष्प व्यावसाय प्रवर्धन गर्ने धरान १९ की महिला कल्पना लिम्बू, ढाका व्यवसायी गृह श्रमिक महिला धरान १५ की प्रेमकुमारी राई, धरान उपमहानगरपालिकामा कार्यरत सरसफाइकर्मी रुपा परियार रहेका छन् ।

महिला हक अधिकार, वृत्ति विकास, लै‌गिक समानताको विषयमा आवाज उठाउन महिला सञ्जाल गठन गर्ने सन्जालकी संस्थापक अध्यक्ष गङ्गा बराललाई समेत सम्मान गरिएको थियो ।

सम्मानपछि बोल्दै सञ्जालकी संस्थापक अध्यक्ष बरालले महिलाहरुले आफ्नो अधिकार माग्न जादा पनि हिच्कचाउने, डराउने, परिवारबाट हपहेलित भएका महिलाहरुलाई एक ढिक्का हुनकै लागि यो संस्था गठन गरिएको बताइन् ।

उनले भनिन्–‘शुरुमा सानो संख्यामा महिला अधिकारका लागि हामीले महिला सञ्जाल गठन गरेका थियौ, अहिले यो संस्थामा सामाजिक कार्यमा संलग्न, राजनीतिमा लाग्ने महिला सबै एकै ठाउमा उभिएका छाै /

महिलाहरु एक भएर अगाडि बढे कसैसँग डराउनुपर्ने धरान उपमहानगरपालिका वडा नंं २ का वडाध्यक्ष रमेश राईले बताएका थिए । उनले महिला सञ्जाललाई स्थानीय सरकारबाट सदैव सहयोग रहने प्रतिबद्धता जनाए ।

उनले भने–‘महिला सञ्जाल धरानका महिलाहरुका लागि दह्रो खम्बा भएर अघि बढेको छ, तपाईहरुलाई स्थानीय सरकारले जस्तोसुकै सहयोग गर्न तयार छ, तपाईहरु सशक्त भएर अगाडि बढ्नुस् ।’

सम्मानित हुनेहरुलाई धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघार्ले सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरेका थिए । गत बर्ष पनि सञ्जालले मकै पोल्ने महिलादेखि अन्य पेशामा आवद्ध महिलाहरुलाई श्रमिक महिला दिवसकै अवसरमा सम्मान गरेको थियो । काम सानो ठूलो हुदैन सबै काम सम्मानजनक हुन्छ भन्ने सन्देश दिन पनि प्रत्येक बर्ष श्रमिक महिलाहरुलाई सम्मान गर्न थालिएको महिला सञ्जालकी अध्यक्ष सपना राईले जानकारी दिइन्

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved