कवि उत्तमको एकल वाचन

  • फागुन ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/युवाकवि उत्तम लिम्बूको एकल कविता वाचन कार्यक्रम आइतबार यहाँ सम्पन्न भएको छ ।

कार्यक्रममा उनले करिब डेढ दर्जन कविता सुनाएका थिए । ४०–५० जना स्रोता भएको सभाकक्षमा उनले कविता सुनाउँदा स्रोताहरू शान्त भएर ध्यानस्थ थिए । समसामयिक राजनीतिका विकृति र जीवनका विसङ्गतिहरूलाई चोटिला शब्दमा प्रस्तुत गर्न सिपालु लिम्बूले समकालीन जीवनका विविध भोगाइहरू पनि कवितामार्फत् व्यक्त गरे । कार्यक्रममा उनका कविताहरू कवि करुणा राई, छविना लुङ्गेली मगर र तीर्थराज विश्वकर्माले पनि सुनाएका थिए ।

कार्यक्रमको चाँजो पाँजो सिर्जनशील सामाजिक युवा समूहले मिलाएको थियो । समूहकी वरिष्ठ उपाध्यक्ष समीक्षा छिलिङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अग्रज कवि बम देवान र राजेश विद्रोहीले आप्mना धारणा राखेका थिए । कार्यक्रम जिना अधिकारीले सञ्चालन गरेकी थिइन् ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved