धरानमा एकतर्फी प्रणाली लागू ट्राफिक व्यवस्थापन हुने अपेक्षा

  • फागुन २, २०७९
  • " स्नेहा श्रेष्ठ"
alt

विजयपुर /  धरान बजारको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि धरान उपमहानगरपालिकाले यसको व्यवस्थापन गर्न एकतर्फी प्रणाली लागू गर्ने भएको छ ।
धरानमा दैनिक बढ्दै गएको सवारी साधनको चापलाई मध्यनजर गर्दै यसको नियन्त्रण गर्दै अस्तव्यस्त ट्राफिक व्यवस्थापनका लागि धरानमा एक तर्फी प्रणाली लागू गर्ने भएको हो ।

धरानमा २०४५ साल अघिसम्म एक तर्फी प्रणाली लागू गरिएको थियो । ०४५ सालको भुकम्प अगाडि लागू भएको एकतर्फी प्रणाली त्यस पश्चात यो प्रणाली अनुसार सवारी साधनहरु सञ्चालन भएको थिएन । धरानको मुख्य चौक भानुचौकमा अव्यवस्थित सवारी साधनको पार्किङले बजार क्षेत्र अस्तव्यस्त बन्दै गए पछि धरानका मेयर हर्कराज राईले एकतर्फी प्रणाली लागू हुने घोषणा गरेका छन् ।

मेयर स्तरीय निर्णय गर्दै फागुन ८ गतेदेखि एकतर्फी प्रणाली सुरु हुने मेयर राईले बताए । उनले भने, ‘धरानमा सडक र सवारी व्यवस्थापनका लागि प्लान ए र प्लान बी छ, त्यही अनुसार सडक वान वे हुन्छ, प्लान बी अलिक निर्मम छ ।’

मेयर राईका अनुसार प्लान ‘ए’ अन्तर्गतको भानुचोकदेखि लक्ष्मी सडकसम्म एक तर्फी गरिएको छ । बजार क्षेत्रमा भानुचौक हुँदै लक्ष्मी चौकबाट पृथ्वी चौक हुँदै सिंहदेवी चौक, पुरानो बजार हुँदै देशीलाईनबाट पुनः भानुचौक आउने एक तर्फी प्रणाली लागू हुने उनको भनाई छ ।

ट्राफिक व्यवस्थापनका लागि ल्याइएको प्लान ‘ए’ अभ्यासका रुपमा लागू गर्न लागिएको मेयर राईले बताए । उनले भने, ‘अस्तव्यस्त पार्किङ र सवारीको भीडभाड घटाउन वान वेको अभ्यास ल्याएको हो, यसलाई सबै मिलेर व्यवस्थापन गर्नुपर्छ ।’

मेयर राईले प्लान ‘बी’ अन्तर्गत पहाडी क्षेत्रबाट आउने भाडाका सवारीलाई धरान १३ तिरै व्यवस्थापन गर्ने, इटहरीतिरबाट आउने सवारीलाई निर्माणाधीन नयाँ बसपार्कमा व्यवस्थापन गर्ने, चतरातिरबाट आउने सवारीलाई फोकल्याण्डतिरै व्यवस्थित गर्ने दीर्घकालीन योजना रहेको बताए ।

धरानको ट्राफिक व्यवस्थापनका लागि मेयर राईले गरेको निर्णय स्वागत योग्य रहेको यातायात व्यवसायी सरोज श्रेष्ठ बताउँछन् । मेयरको निर्णय सार्वजनिक भए पछि उनले सामाजिक सञ्जाल मार्फत अस्तव्यस्त सडक व्यवस्थापनका लागि एक तर्फी प्रणाली स्वागत योग्य भएकाले सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

उनले भने–‘यो निर्णय स्वागतयोग्य छ, यो नियम ०४५ साल अघि सञ्चालनमा थियो, हाम्रो पनि पुरानो प्रणाली कायम गरेर ट्राफिक अस्तव्यस्तता हटाउनुपर्छ नै भन्ने थियो, यसलाई सबैले सघाउनुपर्छ ।’

उनले एक वर्ष अघिदेखि मझौला तथा ठूला सवारी बस ट्रकलाई मात्र एक तर्फी लागु गरिएको बताउद, अब भने सम्पुर्ण सवारी साधनलाई एक तर्फी गरिएकोमा स्वागतयोग्य काम भएको बताए ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved