धनकुटाको भीरगाउँमा प्रसूति सेवा ‘बर्थिङ सेन्टर’ सञ्चालनको तयारी

  • फागुन २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा / सुविधा सम्पन्न अस्पताल नहुँदा धनकुटाबासीले समस्या भोग्दै आएका थिए । गाउँमा सुरक्षित प्रसूति सेवा नहुँदा उनीहरु धनकुटा सदरमुकाम वा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नै आउनुपथ्र्यो । तर गाउँकै स्वाथ्य चौकीमा प्रसूति सेवा सञ्चालनमा आएपछि सुत्केरी गराउन सदरमुकाम धनकुटा वा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धाउनुपर्ने बाध्यता हटेको छ ।
धनकुटा नगरपालिका–२ स्थित भीरगाउँ स्वास्थ्य चौकीमा प्रसूति सेवा सुरु भएसँगै प्रसूति गराउनुपर्ने महिलाहरुको समस्या समाधान भएको हो । जिल्लाको भीरगाउँबासीलाई गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले धनकुटा नगरपालिकाले स्वास्थ्य चौकीमा ‘वर्थिङ सेन्टर’ सञ्चालन गर्ने व्यवस्था समेत मिलाएको छ ।

Posan-Corner

यसअघि सो स्वास्थ्य चौकीमा एक हेल्थ असिस्टेन्ट, दुई अनमी र एक अहेब थिए । धनकुटा नगरपालिकाले आन्तरिक स्रोतबाट सेवा सुविधा उपलब्ध गराउँने गरी एक जना प्रसूति गराउन दक्ष अनमी थप गरेर प्रसूति सेवा सुरु गराएको हो ।

प्रसूति गराउन धनकुटा अस्पताल धाउने गरेका भीरगाउँवासीलाई गाउँमै सेवा उपलब्ध गराउन स्वास्थ्य चौकीमा कर्मचारी थप गरेर वर्थिङ सेन्टर सञ्चालन गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।

‘नगरपालिकाकै आन्तरिक स्रोतबाट सेवा सुविधा उपलब्ध गराउँने गरी एसबीए तालिम प्राप्त दक्ष अनमी थप गरेर वर्थिङ सेन्टर सञ्चालन गरेका छौं,’ नगर प्रमुख तामाङले भने, ‘वर्थिङ सेन्टर सुरु भएपछि भीरगाउँ स्वास्थ्य चौकीमै डेलिभरी हुन थालेको छ, यसले भीरगाउँबासीलाई निकै सजिलो भएको छ ।’

अहिले स्वास्थ्य चौकीबाट गर्भावस्थामा गर्नुपर्ने नियमित गर्भजाँच र २४ सै घण्टा प्रसूति सेवा प्रदान गर्ने गरिएको छ । गाउँमै प्रसूति सेवा सुरु भएपछि भीरगाउँबासी हर्षित छन् । स्वास्थ्य चौकीमा प्रसूति गराएकी स्थानीय मन्दिरा भुजेलले गाउँमै प्रसूति सेवा पाउँदा धेरै सजिलो भएको प्रतिक्रिया दिइन् ।

Virgaun-Swasthya-Chouki11

पुस २७ गतेबाट सेवा सुरु गरिएको स्वास्थ्य चौकीमा हालसम्म गाउँका दुई जना गर्भवती महिलाले बच्चा जन्माइसकेका छन् । स्वास्थ्य चौकीमा प्रसूति गराउँनेहरुलाई यातायात खर्च वापत दुई हजार रुपैयाँ, नियमित प्रसूति जाँच प्रोत्साहन स्वरुप आठ सय रुपैयाँसहित आमालाई एक सेट र बच्चालाई दुई सेट कपडा पनि उपलब्ध गराउँने गरिएको स्वास्थ्य चौकी प्रमुख नितेश श्रेष्ठले जानकारी दिए ।

योसँगै धनकुटा नगरपालिकामा जिल्ला अस्पताल बाहेक दुई वटा वर्थिङ सेन्टर भएका छन् । बेलहारा स्वास्थ्य चौकीमा पनि वर्थिङ सेन्टर सञ्चालन गरेर सेवा प्रदान गरिदै आएको छ । धनकुटा नगरपालिकाका सबै वडामा सहरी स्वास्थ्य क्लिनिक खोल्ने तयारी पनि भइरहेको नगरपालिकाको स्वास्थ्य उपशाखाका प्रमुख भोजराज भण्डारीले जानकारी दिए ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved