क्रसर उद्योग बन्द गर्न निर्देशन

  • पुस २८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / मापदण्ड विपरीत जथाभावि खोला उत्खनन् कार्यलाई रोक्नका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले कारबाहीको निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यलय सुनसरीले मापदण्ड विपरीत सञ्चालन भएका धरान सुनसरी जिल्लाभित्र सञ्चालनमा हरेका तीनवटा क्रसर उद्योगलाई बन्द गर्न गर्न दिर्नेशात्मक मौखिक निर्देशन दिएको छ ।

कार्यलयले सर्दु खोला छेउमा सञ्चालित नवदुर्गा स्टोन क्रसर उद्योग, रामधुनी नगरपालिका वडा नं.९ मा रहेको छिङ्ताङ देवी बालुवा क्रसर उद्योग र वराहक्षेत्र नगरपालिका चारमा रहेको सुनसरी सेण्ड एण्ड वासिङ उद्योग बन्द गर्न निर्देशन दिइएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराईले अनुगमनका क्रममा यी क्रसर उद्योगले मापदण्ड अनुरुप काम गरेको नपाइएकोले बन्द गर्न निर्देशन दिएको बताए । उनले भने–‘हामीले केही समय अगाडि यी उद्योगहरुमा अनुगमन गरेका थियौ, त्यसबेला तीनवटै क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइयो, हामीले मौखिक रुपमा बन्द गर्न निर्देशन दिइसकेका छौं ।’

यी तीनवटा क्रसर उद्योग मानव बस्ती नजिक, खोला छेउ तथा वन जङ्गल क्षेत्र भित्र परेका कारण बन्द गर्न निर्देशन दिएकोे सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । उनका अनुसार सुनसरीमा तीनवटा क्रसर उद्योग सञ्चालनमा रहेको भएपनि तीनवटै उद्योग मापदण्ड पालना नगरी सञ्चालनमा रहेको पाइएको हो ।

भट्टराईले भने ‘वातावरण प्रभाव मूल्याङ्कन नगरेको, मानव बस्ती नजिक तथा उत्खनन् गर्दा पालना गर्नुपर्ने मापदण्ड पालना नगरेको पाइयो यसले गर्दा हामीले बन्द गर्नै निर्देशन दिएका हौं ।’

उनले अहिले मौखिक रुपमा निर्देशन दिएको र बन्द नगरिए पत्राचारमार्फत गरेर निर्देशन दिने बताए ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved