युनाइटेडको लोकनृत्य प्रतियोगिता सम्पन्न

  • पुस १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान नगरस्तरीय अन्तर विद्यालय ‘स्कुल–स्कुल एकल लोक नृत्य प्रतियोगिता २०७९’ सिजन ६ सम्पन्न भएको छ ।

युनाइटेड डान्स एकेडेमी, धरान ९ द्वारा आयोजित प्रतियोगितामा सिनियर विधा (कक्षा ६–१०) तर्फ पर्वत स्कुल धरान १९ की महिमा लिम्बू प्रथम भइन् । उनले सिल्भर क्राउनसहित ५० हजार नगद नटराज ट्रफी र सर्टिफिकेट प्राप्त गरिन् ।

दोस्रो हुने धरान १३ स्थित सुनगाभा स्कुलकी अन्जली राईले २० हजार नगद ट्रफी र सर्टिफिकेट प्राप्त गरिन् । तेस्रो हुने आवर होम स्कुल, धरान १९ की ताङ्चुमा लिम्बूले १० हजार नगद, ट्रफी र सर्टिफिकेट प्राप्त गरिन् । त्यस्तै सान्त्वना पर्वत स्कुलकी युनिसा राईले नगद ५ हजारसहित ट्रफी र सर्टिफिकेट प्राप्त गरिन् ।

जुनियर (कक्षा १–५) तर्फ भिक्टोरी स्कुल, धरान ११ की लेमी राई भइन् । उनले नगद २५ हजारसहित ट्रफी र सर्टिफिकेट प्राप्त गरिन् । त्यस्तै दोस्रो, तेस्रो र सान्त्वना हुने क्रमशः गणेश गुरुङ भिक्टोरी स्कुल, सोमिया राई धरान आदर्श र ओजस्वी निरौलाले क्रमशः नगद १० हजार, ५ हजार र ३ हजारसहित ट्रफी र सर्टिफिकेट प्राप्त गरे ।

भदौबाट सुरु भएको प्रतियोगिताको अडिसनमा धरानका २५ विद्यालयका ५ सय ५ जना विद्यार्थी सहभागी थिए । अडिसनबाट फाइनलमा आइपुग्दा १२ स्कुलका सिनियरतर्फ १२ जना र जुनियरतर्फ २१ जना प्रतियोगीलाई छनोट गरिएको एकेडेमीका प्रबन्ध निर्देशक सन्तोष तामाङले जानकारी दिए ।

प्रतियोगिताको फाइनलमा नृत्य प्रशिक्षकहरु नन्दा राई, देवराज खड्का, सरस्वती योगी, मणिकुमार लिम्बू निर्णायक रहेका थिए । धरानस्थित सभागृहमा सम्पन्न प्रतियोगितामा प्रमुख अतिथि धरान १५ का वडाध्यक्ष नरेश इवारम थिए भने प्रतियोगिता संयोजक तृष्णा राईको सभाध्यक्षता रहेको थियो । २०७२ सालदेखि स्थापना भएको युनाइटेड डान्स एकेडेमी धरान ९ मा सञ्चालित छ ।

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved