कोभिड सङ्क्रमणप्रति बेलैमा सजग बनौँ

  • पुस १०, २०७९
  • "कोशीपत्र सम्पादक"
alt

छिमेकी देशहरूमा कोरोना भाइरसको नयाँ भेरिएन्ट देखिएकोले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । इसाई धर्मावलम्बीहरूको महत्वपूर्ण चाड क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षमा भीडभाड हुनसक्ने भन्दै त्यस अवधिमा सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको समाचार प्रकाशमा आएको छ । 

हुन पनि चीनमा कोभिडको सङ्क्रमण पुनः विस्फोटक रूपमा बढेको र त्यसलाई व्यवस्थापन गर्न चीनलाई ठूलो सकस परिरहेको समाचार विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले प्रसारण गर्न थालेका छन् । चीनमा कोभिडको सङ्क्रमण दरसँगै मृत्युदर पनि अत्यधिक बढिरहेको समाचार भारतीय टेलिभिजन च्यानलहरूले पनि तीन दिनयता प्राथमिकताका साथ प्रसारण गरिरहेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले यसै विषयमा आपत्कालीन बैठक पनि बोलाएको छ । त्यहाँ अहिले जनस्वास्थ्यका मापदण्ड पालनासँगै बन्दाबन्दीसम्मका विषयमा बहस र चर्चा हुन थालेका छन् । हुन त भारतमा यसले राजनीतिक रङ पनि लिएको छ ।

छिमेकी राष्ट्र चीन मात्र होइन, जापान, दक्षिण कोरियालगायतका राष्ट्रहरूमा पनि कोभिडको सङ्क्रमण पुनः देखिन सुरु भएका समाचारहरू आएका छन् । त्यहाँ देखिएको कोभिडको सबभेरिएन्ट बीएफ ७ को सङ्क्रमण दर दिनदिनै बढ्दै गएको बताइएको छ । यस भेरिएन्टले छोटो समयमै धेरै व्यक्तिमा सङ्क्रमण हुने विज्ञहरूले बताएका छन् । भारतमा कम्तीमा चारजनामा यसको सङ्क्रमण पुष्टि भए पनि नेपालमा भने हालसम्म यो भेरिएन्ट पुष्टि नभएको मन्त्रालयले जनाएको छ । त्यै पनि छिमेकी देशहरूमा सङ्क्रमण देखिएकाले यहाँ सचेत हुन मन्त्रालयको आग्रह छ ।

यो आग्रहलाई सबैले गम्भीरतापूर्वक लिनु आवश्यक छ । कोभिडको सङ्क्रमण दर घटेसँगै हामीमध्ये अधिकांशले जनस्वास्थ्यका मापदण्ड पालना गर्न छाडिसकेका छौँ । अब फेरि यी मापदण्ड पालनामा संवेदनशील हुनुपर्ने देखिएको छ । त्यसो त सरकारले पनि मापदण्ड पालनाका लागि नागरिकहरूलाई आग्रह गरेर आफ्नो दायित्व पूरा भएको ठान्ने भूल गर्नु हुँदैन । सरकारले पनि आवश्यक पूर्वतयारी बेलैमा गर्नुपर्छ । यहाँ अहिले ने आत्तिइहाल्नुपर्ने अवस्था नभए पनि सर्वसाधारणलाई सचेत बनाउँदै पूर्वाधारको तयारी र सीमाक्षेत्रमा निगरानी गर्ने विषयमा सरकार तदारुकताका साथ सक्रिय हुनुपर्छ । 

खुला सिमाना र मानिसहरूको आउजाउका कारण नेपालमा पनि नयाँ भेरिएन्ट सङ्क्रमणको जोखिम हुने नै छ । त्यसैले यसको रोकथाम एवम् नियन्त्रणका लागि जनसमुदाय सजग र सचेत हुनु आवश्यक छ । यसका साथै तीनै तहका सरकारहरूले आ–आफ्नो स्तरबाट बेलैमा तयारी गर्नु आवश्यक छ । 

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved