विराटनगरबाट आँखाको लेन्स बरामद

  • पुस ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / विगतदेखि नै नेपालको सुरक्षा व्यवस्थालाई चुनौति दिँदै तस्करहरु सक्रिय बन्दै आएका छन् । तर पछिल्लो समय नेपालमा आँखाको लेन्स तस्करी भएर आउने गरेको पाइएको छ । नेपालमा उत्पादन भएको आँखाको लेन्स भारत लगायत तेस्रो मुलुकहरुमा निर्यात हुने भारतबाट तस्करी भएर लेन्स आयात गरेको अवस्थामा पक्राउ गरेसँगै सार्वजनिक भएको हो ।

भारतबाट तस्करी भएर आयात भएको आँखाको लेन्स प्रहरीले आइतबार विराटनगर १६ बाट बरामद गरेको छ । नेपालमा सस्तो, भरपर्दो र विश्वसनीय उपचार हुने भएकोले मुख्य गरी भारत र छिमेकी मुलुक बंगलादेशबाट ठूलो संख्यामा विरामीहरु आउने गरेका छन् । प्रहरीले भन्सार छलेर भारतबाट ल्याइएको आँखामा लगाइने लेन्स, आँखामा प्रयोग हुने विभिन्न प्रकारका औषधिलगायतका सामाग्री नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले लेन्ससँगै भन्सार छली गरी सुट कपडा, साडी, चिया छान्ने जाली तथा कागती निचोर्ने मेशिन जस्ता घरेलु उपयोगका वस्तुहरु पनि बरामद गरेको जनएको छ । बरामद गरेको सामानको मूल्य १२ लाख ३ हजार ४२० रुपैयाँ बराबरको भएको भन्सार कार्यालयले जनाएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved