नियमविपरीत निर्माण गरेका संरचना आफैं धमाधम भत्काउँदै

  • मंसिर २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगर महानगरले सुरु गरेको अवैध संरचना हटाउने अभियानमा व्यापारीहरूले पनि साथ दिएका छन् ।
पसल अगाडि नियमविपरीत निर्माण गरेका संरचनाहरू व्यापारीहरू आफैंले भत्काएर साथ दिएका हुन् । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने

लक्ष्यका साथ महानगरपालिकाले बुधबारबाट नियमविपरीत निर्माण गरिएका संरचना हटाउन सुरु गरेको थियो । मेयर नागेश कोइरालाको घरमा भाडामा सटर लिएका व्यापारीहरूले नियमविपरीत बनाएका संरचना हटाएर अभियानको सुरुवात गरिएको थियो ।

महानगरले बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरेको थियो । तोकिएको समयभित्र पनि अवैध संरचना नहटाएपछि महानगरले आफैं हटाउन सुरु गरेको थियो ।

तर बिहीबारदेखि भने मेनरोडका व्यापारीहरूले आफ्नो पसल अगाडि नियमविपरीत निर्माण गरेका संरचना धमाधम हटाउन थालेका छन् । विराटनगरलाई यथास्थितिमा राख्न नसक्ने भन्ने मेयर नागेश कोइरालाको अभिव्यक्तिबाट आफूहरू उत्साहित भएको व्यापारी सन्तोष साहले प्रतिक्रिया दिए ।

उनले महानगरले परिवर्तनको छनक दिएकोमा खुसी व्यक्त गरे । सरसफाईमा पनि धेरै सुधार भएको साहले बताए । मेनरोडका व्यापारीहरूले आफैं पसलमाथि निर्माण गरेका सेटब्याक, होर्डिङबोर्ड, साइनबोर्ड हटाइरहेका छन् । मेनरोडमा मात्रै नभएर महानगरभरि नै अभियान सञ्चालन गर्न अर्का व्यापारी संजयकुमारसिंह मण्डलले प्रतिक्रिया दिए ।

खुद्रा व्यापार संघका अध्यक्षसमेत रहेका मण्डलले भन्सारमा कडा गर्नुपर्नेमा जोड दिए ।
महानगरले बिहीबार पनि अवैध संरचना हटाउने अभियान सञ्चालन गरेको छ । अस्पताल चोक आसपासको क्षेत्रमा निर्माण गरिएका संरचना हटाइएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए ।

मल भ्रष्टाचार मुद्दा ...

धरान/ रासायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद् ...

कोरोना संक्रमण भारतम ...

काठमाडौं/ छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्र ...

धरान वजको आयोजनामा ‘ ...

धरान/  युवाहरुमा आपसी भाइचारा विस्तार गर्न र ...

नहरमा ८९ वर्षीया वृद ...

विराटनगर/ मोरङको ग्रामथान गाउँपालिका–६ स्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved