ताडी बेचेर जीविकोपार्जन

  • मंसिर २३, २०७९
  • "स्नेहा श्रेष्ठ "
alt

विजयपुर / विराटनगरकी शितल सरदारले ताडी बेचेरै जीवन गुजारिरहेकी छन् । ताडी बेचेरै उनले घरखर्च चलाउने मात्र हैन आफ्नो सन्तानलाई राम्रै शिक्षा दिइरहेकी छन् ।
उनी बिराटनगरको मुख्य सडकमा बिगत लामो समय देखि ताडी व्यापार गदै आइरहेकी छन् ।

उनको अन्य पेशा छैन ताडी बेचेरै बेचेर परिवारको सम्पूर्ण खर्च धान्ने गरेकोे उनी बताउँछिन् । े उनी बिराटनगरको कञ्चनबाडीमा रहको वायाँतिरको अगलो रुखको फेदमा सधै ताडी बिक्री गरिरहेकी अवस्थामा भेटिन्छन् ।
सरदारले उनी विहानको ८ बजे त्यस स्थानमा आउँछिन् निरन्तर बेलुका ८ बजेसम्म तारी बेच्छिन् । उनको यो दिनचर्या नै हो । तारी बेचेरै दैनिक २ हजारदेखि २ हजारसम्म कमाई हुने उनी बताउँछिन् । उनी भन्छिन्–‘म विहान सवेरै आउँछु, बेलुका ८ बजेसम्म बस्छु, १ बोतल तारीको एक सय र एक गिलासको ५० रुपैया लिन्छु, सरदर दुई हजारदेखि २ हजार ५ सय सम्म कमाई गर्छु ।’

दिनभरिको धुलो धुवा, घाम पानि नभनी ब्यापारमा व्यस्त रहुने उनी बताउँछिन् । उनी भन्छन्–‘ परिवारको जिम्मेवारी धान्नु पर्ने हँुदा जस्तो सुकै समस्या भएपनि व्यापार गर्नेपर्दो रहेछ । अरु व्यवसाय गर्न जानिएन ।’
सरदार बिराटनगर ३ हातिमुडा गाउँमा बस्छिन । उनले इटहरी १२ शान्तिचौकमा रहेको पिपलचैकमा यो व्यापार गरेकोे करिब १३ बर्ष भएको उनी सुनाउँछिन् । उनलाई ताडी ल्याउन उनका श्रीमान श्याम कुमार सरदारले सहयोग गर्छन । ताडी संकलन गर्न नै कठिनाई हुने गरेको सररदार बताउँछिन् । उनी भन्छिन् ‘ ताडीको ६०÷७० फिट अग्लो रूख हुन्छ, पातलो डोरीका भरमा चढनुपर्छ् ।

एक दिनमा तीन पटकसम्म रुख चढ्नुपर्ने हुन्छ । बिहानको समयमा रातभरि संकलन भएको ताडी निकाल्न, दिउँसो रूखमा घाउ बनाउन र साँझ फेरि रस संकलन गर्न, साह«ै गाह«ो छ ।’ उनले यो व्यवसाय गरेको १३ बर्ष भएको बताइन् । ताडी बेचेरै उनले एक छोरा र छोरीको शिक्षामा सहयोग पु¥याएकी छन् । छोरा ९ मा र छोरी अहिले १० मा अध्ययन गरिहेको बताउँदै उनीहरुको सम्पूर्ण पढाई खर्च ताडी बेचेकै रकमबाट व्यहोर्नु परेको सरदार सुनाउँछिन् ।

मल भ्रष्टाचार मुद्दा ...

धरान/ रासायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद् ...

कोरोना संक्रमण भारतम ...

काठमाडौं/ छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्र ...

धरान वजको आयोजनामा ‘ ...

धरान/  युवाहरुमा आपसी भाइचारा विस्तार गर्न र ...

नहरमा ८९ वर्षीया वृद ...

विराटनगर/ मोरङको ग्रामथान गाउँपालिका–६ स्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved