मुहान मर्मत नहुँदा चार सय हेक्टर जमिन बाँझै

  • मंसिर २१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

झापा / एक वर्षअघि भत्किएको सिंचाई आयोजनाको मुहान ममर्त हुन नसक्दा त्यहा आसपासका जमिन सिँचाई हुन नसक्दा खेति लगाउन नपाई बाँझै रहेको छ ।
मेचीनगर नगरपालिका–१४ मा रहेको हडियाँ रेगुलेटर सिँचाइ आयोजनाको भत्किएको मुहान ममर्त गर्न नसक्दा चार सय हेक्टर जमिन बाँझो रहेको हो ।
गत वर्षको कात्तिकमा आएको बेमौसमी बाढीले सो आयोजनाको मुहान भत्काएको थियो ।

चार वर्षअघि एसियाली विकास बैंकको ५ करोड २२ लाखको लागतमा हडियाँ खोलाबाट बनेको सिँचाइ आयोजनाको मुहान नै भत्किएपछि बनाउन नसक्दा पाँच सय किसानको चार सय हेक्टर जमिन बाँझो बन्न पुगेको हो ।
मेची नगरपालिका वडा नं १४ का निवर्तमान अध्यक्ष शंकर पोखरेलका अनुसार नगरपालिका र डिभिजन सिँचाइ कार्यालय भद्रपुरले तत्काल परियोजना मर्मतका लागि पटकपटक प्रदेश सरकारसँग बजेट माग गरेका थिए । प्रदेश सरकारले बजेट व्यवस्थापन गर्न नसक्दा परियोजनाको मर्मत अझै हुन नसकेको उनको भनाइ छ । उनले भने–‘भत्किएको मुहान मर्मतका लागि पटक पटक प्रदेश सरकारसँग बजेट मागेका थियौ, समयमै बजेट नआउदा मर्मत हुन नसकेको हो ।’

उनले सो परियोजनाको मुहान मर्मतका लागि करिब एक करोड लाग्ने बताए । उनले भने–‘परियोजना सञ्चालनमा आएपछि पाँच सय घरपरिवारको जमिन सिञ्चित भएको थियो, अहिले अधिकांश जमिन बाँझै छ, कतिपयले आकासे पानीको भरमा लगाएको धान खेतीसमेत फस्टाएन ।

उनले तत्काल परियोजना मर्मतका लागि स्थानीय र प्रदेश सरकार गम्भीर हुनुपर्ने बताए । उनले भने–‘यस क्षेत्रका सर्वसाधारणको खेतीबाहेक अर्को विकल्प छैन, तत्काल परियोजनाको मुहान मर्मतका लागि नवनिर्वाचित प्रतिनिधि तथा प्रदेश सासंदले पहल गरिदिनपर्छ ।’

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved