गोठगाउँमा अस्पताल सञ्चालन गर्ने

  • मंसिर २१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा अस्पताल सञ्चालन गर्ने बताएका छन् ।
उनले आगामी माघ १ गतेदेखि पूर्णकालीन अस्पताल सञ्चालन गरिने जानकारी दिएका हुन् । विश्वविद्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद शर्माले अस्पताल सञ्चालन गरिने जानकारी गराएका हुन् ।

कार्यक्रममा सांसद शर्माले जुनसुकै हालतमा माघ १ गतेबाट अस्पताल सञ्चालन गर्ने गरी तयारीमा जुट्न विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन समेत दिए । ‘माघ १ गतेबाट अस्पताल सञ्चालन गर्नुपर्छ, अस्पताल चलाउँने जिम्मा हाम्रो पनि हो, मेरो तर्फबाट सबै सहयोग गर्छु, कुनैपनि हालतमा अस्पताल चलाउँनैपर्छ ।’

सांसद शर्माले अस्पताल सञ्चालनका लागि आवश्यकता अनुसार आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । नोबेल अस्पतालका सञ्चालकसमेत रहेका सांसद शर्माले अन्य उपाय नलागेमा एक बर्षका लागि चिकित्सकको व्यवस्था आफैले मिलाइदिने घोषणासमेत गरेका छन् । आसपास क्षेत्रका सर्वसाधारणको सहजताका लागि अस्पताल सञ्चालन गर्नु अपरिहार्य रहेकोमा जोड दिदैं डा.शर्माले यो बिषयमा राजनीति नगर्न सबैलाई आग्रह पनि गरे ।

शर्माले आफ्नो चुनाबी प्रतिवद्धता पत्रमै विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख गरेका थिए । मेडिकल कलेजका लागि कम्तिमा तीन सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने भएकाले त्यसैका लागि डा.शर्मा लागेका हुन् ।

अस्पताल सञ्चालनपछि मेडिकल कलेज सञ्चालनको तयारीमा जुट्ने डा.शर्माको तयारी छ । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले अब तीन सय शैयाको अस्पताल सञ्चालन हुँनेमा ढुक्क रहन आग्रह गरे । अस्पताल र मेडिकल कलेज सञ्चालनका अनुभवी डा.शर्मा नै सांसदमा निर्वाचित भएकाले अस्पताल सञ्चालनमा सहजता मिलेको उनको भनाई छ । यसअघि नोबेल अस्पतालमा ५० शैयाको निःशुल्क क्याविन सेवा पनि सञ्चालन गराइसकेका छन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved