‘आयोजनाको मूल मर्म नै शिक्षाका लागि संगीत’

  • मंसिर १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विजयपुर/ शिक्षासँगै विद्यार्थीको अन्य प्रतिभालाई समेत प्रस्फुटन माध्यम बनाएको छ प्रदेश १ स्तरीय एसइई सिंगिङ्ग तथा डान्सिङ आइडलले । प्रतियोगिताको स्लोगन नै रहेको छ, ‘शिक्षाका लागि संगीत ।’ ०७५ सालदेखि नियमित आयोजना गर्दै आएको फक्तालुङ मिडिया हाउसले यस बर्ष पनि निरन्तता दिने भएको हो । आयोजकले विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रदेशलाई समेट्ने गरी आयोजना गरिएको यो प्रतियोगिताको अडिसन विगतदेखि नै पहाडी तथा हिमाली क्षेत्रबाट गर्दै आएको छ । यो बर्षको अडिसन चैत्रको दोस्रो साताबाट हुदैछ । पहिलो अडिसन ओखलढुंगाबाट शुरु गरिने आयोजक समितिका संयोजक डम्बरकुमार तुम्बाफोले बताए ।

उनले भने–‘पढाईसँगै विद्यार्थीभित्र रहेको प्रतिभालाई प्रस्फुटन गर्ने हाम्रो पहिलो उद्देश्य हो, यो कार्यक्रम यसै उद्देश्य अनुरुप आयोजना गरिएको पनि हो, ०७५ सालदेखि निरन्तर हामीले यसै उद्देश्यका साथ आयोजना गरेका छौं, यो प्रतियोगिताबाट विजेता बनेकाहरुले अन्य ठाउँमा पनि प्रतिष्पर्धा गरेर राम्रो स्थान पाएका छन्, शिक्षा र संगीत अलग पाटो भएपनि हामीले सँगसँगै लगेका हौ ।’
उनले गायक प्रमोद खरेलको उदाहरण दिदै भने–‘गायक खरेलले ग्राजुएड गरेका छन्, उनले दुई तीन वटा कलेज पनि पढाउँछन्, संगीतलाई पनि साथै लिएर गएका छन्, धेरैलाई संगीत र नृत्यमा लाग्दा पढाई विग्रन्छ भन्ने मानसिकता राखेका छन्, तर त्यो सत्य नभई यसले अध्यनमा अझ तिखारिने मौका दिन्छ ।’

एसइइ दिएर बसेकाहरुको फुर्सदको समयमलाई सदुपयोग गर्दै प्रत्येक बर्ष आयोजना गरेको बताउदै पहिलो बर्ष गायन प्रतियोगितामात्रै गरेको बताए । उनले दोस्रो बर्षदेखि समयको माग अनुरुप गायनसँगै नृत्य प्रतियोगितालाई संगसँगै लगेको बताए । उनले प्रतियोगिताका विजेताले पुरस्कार पाउने नभई अन्य ठाउँमा पनि प्रतियोगितामा भाग लिन यो प्रतियोगिताले ‘प्लेटफर्म’ तयार गर्ने बताए । उनले भने–‘यो प्रतियोगिता सिर्फ पुरस्कार जित्नको लागि मात्र नभई यसले अन्य प्रतियोगितामा प्रतिष्पर्धा गर्न प्लेटफर्म तयार पार्छ, विद्यार्थीमा आत्मविश्वास बढाउँछ, खरिने मौका दिन्छ ।’

उनले प्रतियोगिताको अडिसन प्रदेश १ भरि नै गरिने बताए । अडिसनको फारम र तालिम निःशुल्क गरिने जानकारी दिए । प्रतियोगितामा दुवै तर्फका विजेताले ट्रफीसँगै नगद ५० हजार र कक्षा १२ अध्ययन गर्न तीन लाख बराबरको पूर्ण छात्रवृत्ति, उपहार र मुस्ताङ भ्रमणको अवसर प्राप्त जानकारी दिए ।
फस्ट रनरअपले ३० हजार रुपैयाँ र कक्षा १२ मा ८० प्रतिशत छात्रवृत्ति, सेकेण्ड रनरअपले नगद २० हजार र कक्षा १२ मा ७० प्रतिशत छात्रवृत्ति र उत्कृष्ट १० जनालाई कक्षा १२ मा ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved