उषा राई मृत्यु प्रकरण: संलग्न भएको आरोप लागेका थप दुई पक्राउ

  • मंसिर १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी/ धरान धरान–१३ की उषा राई मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लागेका थप दुई जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।
घट्नाकी मुख्य आरोपी उर्मिला राईलाई केही दिन अगाडी प्रहरीले पक्राउ गरेको थियो । शुक्रबार साझ उनीहरुलाई पक्राउ गरे हो । पक्राउ पर्नेमा सुसेली राई र सुमित्रा राई रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।

एकल महिला उषा राईको कुटपिटमा संलग्न रहेको भन्दै पीडित परिवारले ७ जनाको नाममा प्रहरीमा किटानी जाहेरी दिएका थिए । यही विषयलाई लिएर शुक्रबार आफन्त तथा छिमेकीहरुले विरोध गरेका थिए । हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै उनीहरुले मृतक राई उषाको पोष्टमार्टम गर्न दिएका थिएनन् । तर शनिवार भने आरोपित सबैलाई पक्राउ गरी अनुसन्धान गर्ने बताइएपछि मृतक उषाको दाहसंस्कार गरिएको छ ।

उनीहरुले मृतकलाई न्याय दिनुपर्ने र कुटपिटमा संलग्नहरुलाई कारबाही हुनुपर्ने माग गर्दे ईलाका प्रहरी कार्यालय धरानमा घेराउ र नाराबाजी गरेका थिए । । मृतकका छरछिमेक, आफन्तजन तथा विभिन्न वडाका महिलाहरु भेला भएर नाराबाजी गरेका थिए । उनीहरुले जाहेरीमा उल्लेख भएका सबैलाई पक्राउ गर्नुपर्ने, मुख्य आरोपीको श्रीमान गोविन्द राईलाई पनि नियन्त्रणमा ल्याउनुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय धरानको परिषर अगाडि नारा लगाएका थिए ।

गत कार्तिक ३ गते उषा राईमाथि महिलाहरुको समुहले कुटपिट गरेको थियो । उपचार पश्चात डिस्चार्ज भएकी उषासँग कुटपिट गर्ने पक्षले कार्तिक ८ गते उपचार खर्च दिएर मिलापत्रसमेत गरेको थियो । तर, गत साता उहाँको स्वास्थ्य बिग्रिएपछि उपचारको लागि वीपी प्रतिष्ठान भर्ना गरिएको थियो । आइसियुमा उपचारको क्रममा नै उहाँको मृत्यु भएपछि परिवारजनले उर्मिला राईसहित कुटपिटमा संलग्नहरुविरुद्ध किटानी जाहेरी दिएको थियो । अहिले पनि मृतकका परिवार तथा छरछिमेक आफन्तले मृतकको पाष्टमार्टम गर्न र दाहसंस्कार गर्न मानिरहेका छैनन् । उनीहरुले दोषीमाथि कारबाही नभएसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मल भ्रष्टाचार मुद्दा ...

धरान/ रासायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद् ...

कोरोना संक्रमण भारतम ...

काठमाडौं/ छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्र ...

धरान वजको आयोजनामा ‘ ...

धरान/  युवाहरुमा आपसी भाइचारा विस्तार गर्न र ...

नहरमा ८९ वर्षीया वृद ...

विराटनगर/ मोरङको ग्रामथान गाउँपालिका–६ स्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved