व्यवस्थित र विकसित महानगर बनाउने अभियानमा साथ दिन मेयरको आग्रह

  • मंसिर १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित महानगर बनाउने अभियानमा साथ दिन नगरबासीलाई आग्रह गरेका छन् ।
सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै मेयर कोइरालाले निर्वाचित भएर आएपछि सरसफाईलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गरेका छन् । हाल महानगर फुटपाथ नियन्त्रण र सहरको सुन्दरतामा ह्रास आउने गरी जथाभावी निर्माण गरिएका पसल अगाडिका संरचना हटाउने अभियानमा केन्द्रित भएको मेयर कोइरालाले बताएका छन् । सरफाईमा जस्तै फुटपाथ खाली गर्ने र अवैध संरचना हटाउने अभियानमा पनि विराटनगरवासी र व्यापारीको अत्यन्तै राम्रो सहयोग रहेको मेयर कोइरालाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘व्यापारीहरूले महानगरको आग्रहलाई स्वीकार गरेर फुटपाथ खाली गर्नुका साथै अवैध संरचना हटाइरहनु भएको छ । व्यापारीहरूको साथकै कारण फुटपाथमा बिना अवरोध निर्वाध रुपमा यात्रुहरू हिंड्ने वातावरण सिर्जना भएको छ,’ मेयर कोइरालाले भनेका छन्, ‘यो अभियानमा साथ दिनुहुने सम्पूर्ण व्यापारीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । अभियानलाई सफल बनाउन खट्ने नगर प्रहरी, नेपाल प्रहरीलगायत सम्पूर्ण सुरक्षाकर्मीहरूसहित बुद्धिजीवी, पत्रकारका साथै हामीलाई हौसला प्रदान गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु । यो अभियान निरन्तर सञ्चालन भइरहनेसमेत जानकारी गराउँदछु ।’

मेयर कोइरालाले विराटनगर अब यथास्थितिमा बस्न नसक्ने पनि प्रस्ट्याएका छन् । विराटनगरको चौतर्फी विकासका लागि गम्भीरताका साथ लागि परेको उनको भनाइ छ । विकासका लागि स्रोतको खोजीमा लागेको उनले बताए । संघीय र प्रदेश सरकारसँग समन्वय गरेर बढीभन्दा बढी बजेट ल्याउन लागिपरेको कोइरालाले उल्लेख गरेका छन् ।
भौतिक संरचनाको निर्माण पनि योजनाबद्ध रुपमा अगाडि बढाइरहेको केही ठूला योजनाहरू ठेक्का प्रक्रियामा रहेको उनले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । महानगरको सौन्दर्यकरणका लागि फुटपाथ नियन्त्रण र जथाभावी निर्माण गरिएका अवैध संरचना हटाउने अभियान सबै वडामा सञ्चालन गरिनेसमेत उनको भनाइ छ ।

मल भ्रष्टाचार मुद्दा ...

धरान/ रासायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद् ...

कोरोना संक्रमण भारतम ...

काठमाडौं/ छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्र ...

धरान वजको आयोजनामा ‘ ...

धरान/  युवाहरुमा आपसी भाइचारा विस्तार गर्न र ...

नहरमा ८९ वर्षीया वृद ...

विराटनगर/ मोरङको ग्रामथान गाउँपालिका–६ स्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved