गच्छदारलाई ओलीको प्रश्न: ‘गलत काम आफू गर्ने पछि प्रधानमन्त्रीले मुद्दा लगायो भन्ने ?’

  • मंसिर १, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी/ सुनसरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनसरी क्षेत्र नं. ३ को विकासका लागि भएपनि भगबती चौधरीलाई जिताउनै पर्ने बताएका छन् । एमाले तथा जनता समाजवादी पार्टी संयुक्त निर्वाचन परिचालन कमिटीले आज दुहवीमा गरेको बृहद् संयुक्त जनसभालाई संवोधन गर्दै ३० वर्षदेखि एउटै व्यक्ति सत्तामा पुगेपनि विकास हुन नसकेको बताए ।
उनले भगबती चौधरी एउटी इमान्दार, कर्मठ, भिजन भएको महिला भएकाले जिताउनु पर्ने बताए । ‘जनताको प्रतिनिधि भएपछि छाती खोलेर जनताको विचमा हिँड्नु पर्ने लुकेर हिँड्नु परेको छ । गर्न नहुने काम गर्छन् मुद्दा लाग्छ भागेर हिँड्छन् । यस्तो मान्छेलाई जिताउने देशलाई कसरी बनाउनु पर्छ, जनताको गरिबी कसरी हटाउनु पर्छ भनेर लागिरहेको विकास प्रेमी, जनप्रेमी, नेतृलाई जिताउने ?’ चौधरीले सरकारमा नहुँदा पनि संस्था स्थापना गरेर काम गरेको भन्दै अत्याधिक मतले जिताएर पठाउन आग्रह गरे ।

ओलीले भगबती सुनसरीको छोरी भएको बताउँदै जिताएर पठाए मन्त्री बनाएरै पठाउने बताए । सुनसरीको विकास गर्न साथै, मंसिर ४ गतेको निर्वाचन पछि सुनसरीमा नेपाली कांग्रेस बढारिने पनि ओलीको दावी छ । ‘मंसिर ४ गतेपछि सुनसरीमा आँधीहुरी आउँदैछ, धोध्रो परेको रुख बढारिन्छ ।’ ओलीले भने ।

उनले एमाले निष्पक्ष निर्वाचनको पक्षमा रहेको बताउँदै राष्ट्र सेवकहरु गठबन्धनको सेवक बन्न नहुनेपनि बताए । ‘तपाईहरु राष्ट्र सेवक हो, गठबन्धनको सेवक हैन ।’ मतपत्र र मतपेटिका सुरक्षाका सवालमा मतदान हुँदादेखि मतगणना सम्पन्न नहुँदासम्म एमालेका कार्यकर्ताहरुको आँखा झिम्किन नहुने बताए । विगतमा गच्छदारले धाँधली गरेर निर्वाचन जितेको चर्चागर्दै बाकस साट्ने, मतपत्र फेर्ने कुनैपनि प्रकारका गतिविधि गर्न नदिन चनाखो हुनुपर्ने बताए । ‘आँखा अगाडी बाकस हुनुपर्छ, मतदानमा मतदाताले आफ्नो मत आफैं खसाउन पाउनुपर्छ । एउटा आँखा झिमिक्क भए अर्कोले हेर्नुपर्छ । धाँधली गर्न नदिनुहोस ।’ ओलीले भने । राणा शासन, पञ्चायत शासन ढालेर आइएको बताउँदै विजय गच्छदारले बाकस साटेर निर्वाचन जित्ने दिन गइसकेको ओलीको भनाई छ । ‘राणा शासन फालेर आइयो, राजतन्त्र फालियो, विजय गच्छदारले बाकस साटेर सधैं जित्ने ? चल्छ यो ?’ ओलीले प्रतिप्रश्न गरे । एमाले कानुन र आचारसंहिता पालन गर्न प्रतिबद्ध रहेको पनि बताए । जनताको शक्ति भन्दा ठूलो केही नरहेको बताउँदै एमाले लोकतन्त्रको पक्षमा, जनताको पक्षमा, न्यायको पक्षमा रहेको बताए ।

ओलीले नेपाली कांग्रेसका बिजयकुमार गच्छदारलाई एमालेले भ्रष्टाचारको मुद्दा नलगाएको प्रष्ट्याए । बालुवाटार ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार लगायत धेरैलाई गलत गरेकैले नियामक निकायले मुद्दा लगाएको बताए । ‘केपी ओली प्रधानमन्त्री हुँदा मलाई मुद्दा लगायो भन्नु हुन्छ, मुद्दा दर्ता मैले गर्ने होर ? न म जाहेरी दिने मान्छे हुँ, न मुद्दा दर्ता गर्नेमा संलग्न छु, प्रहरीको जाहेरी दर्ता फाँटमा पनि छैन, सरकारी वकिल पनि हैन ।’ गच्छदारलाई इङ्गित गर्दै ओलीले प्रश्न गरे–‘बेठिक गर्ने बेलामा आँखा नदेख्ने पछि प्रधानमन्त्रीले मुद्दा लगायो भन्ने ?’

साथै, ओलीले गच्छदारलाई भ्रष्टाचार मुद्दा लागेकोले जितेर गएपनि सांसद हुन नपाउने भएकाले यो क्षेत्र सांसद विहिन जनाए । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा उम्मेदवार भगबती चौधरीले शिक्षा,स्वास्थ्य, सडक पूर्वाधार लगायत विकासका आधारभूत कुराबाट बञ्चित सुनसरी क्षेत्र नं. ३ लाई नमुना क्षेत्रको रुपमा विकास गर्न आफ्नो उम्मेदवारी रहेको बताइन् । चौधरीले य्ुवाको, मजदुरको, किसानको साझा एजेण्डाहरु लिएर चुनाबी मैदानमा उत्रिएको जनाउँदै जनताको माग र मुद्दामा काम गर्न आफुहरु लागि पर्ने बताइन् ।

जनसभामा प्रदेश ३ क का उम्मेदवार रोहित बहादुर कार्की, ख का रामदेव यादव, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रञ्जित गोश्वामी तथा सुनसरी निर्वाचन क्षेत्र नं. ३ परिचालन कमिटी संयोजक लिलम बस्नेत लगायतले संवोधन गरेका थिए ।

बजेट अभावले खोटाङको ...

खोटाङ/ किरातकालीन प्रथम राजा यलम्बरको ११० फिट अग्ल ...

मल भ्रष्टाचार मुद्दा ...

धरान/ रासायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद् ...

कोरोना संक्रमण भारतम ...

काठमाडौं/ छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्र ...

धरान वजको आयोजनामा ‘ ...

धरान/  युवाहरुमा आपसी भाइचारा विस्तार गर्न र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved