नेतालाई चुनावको, मतदातालाई मङ्सिरको चटारो

  • कार्तिक ३०, २०७९
  • "भगीरथ भण्डारी"
alt

इलाम/ इलामको देउमाई नगरपालिकाकी मैतमायाँ लिम्बु हातमा हँसिया बोकेर खेतमा धान काट्नमा व्यस्त छिन । असारमा दुः ख गरेर रोपेका धान पाक्न थालेपछि बिहान भरको काम सकेर दिउँसो खेतमा धान काट्न निस्किन्छिन् । गाउँमा भोट माग्न नेताहरू पुगे पनि उनी आफ्नो काम छोडेर आउँदिनन् । उनलाइृ भोटको चासो भन्दा पनि धान थन्क्याउनै हतारो छ । ‘चुनाव त नेताहरूलाई लाग्छ नि हामी दुख गर्ने किसानले काम नगरी खान पाइने होइन, उनी भन्छिन् ‘धान काट्न थालियो आकाश पनि धुमिँदैछ पानी आयो भने वर्वाद हुन्छ, के खाएर बाँच्नु । ‘खेताला पनि पाँईदैन, यो अवस्थामा पानी प¥यो भने बर्बाद नै हुन्छ ।’

चुनाव भन्दा पनि अन्नको जोहो ठूलो कुरा भएको उनी सुनाउँछिन् । उनी भन्छिन् ‘छिटो छिटो गरेर खलामा ल्याउन पाइयो भने कुन्यू लगाएर पनि जोगाउन सकियो भने त मेहनत खेर जाँदैन नि, बल्लतल्ल लगाएको धान थन्क्याउन पाइएन भने त कसरी बाँच्नु ?’ उनलाई आफूले लगाएको खेती भन्दा चुनाव ठूलो लाग्दैन, धान थन्क्याउन्जेल पानी नपरिदिए वर्ष दिन खाने अन्न थन्क्याउन पाए आनन्द हुने उनको भनाई छ ।

इलामको फाकफोकथुम गाउँपालिकाका हर्कबहादुर लिम्बु पनि धान काट्न व्यस्त छन् । उनलाई पनि चुनावले छोएको छैन । उनी बिहानैदेखि खेतमा धान काट्न व्यस्त छन् । बिहान चिया खाएर सबेरै खेतमा धान काट्न निस्केका हर्कबहादुर बेलुका साँझमा मात्र भर पुग्छन् । दिनभरि उनी खेतमै व्यस्त हुन्छन् । बिहानको खाना उनी खेतैमा खाने गर्छन् । घरको धन्दा सकेर श्रीमतिले टिफिनमा बोकेर खाना लगिदिने र बिहानको खाना खेतैमा खाने गरेको उनको भनाई छ । उनी अस्ति वैशाखमा जस्तो भोट माग्न कोही पनि नआएको बताउँछन् । उनी भन्छन्, ‘कतिपय साथीहरु जाउँ भन्छन् ् तर उता जाँदा धान थन्क्याउन ढिला हुन्छ, बाँदर आए भने फेरी सबै रैँदलो बनाई दिन्छन् ।’ धान पाक्ने बेला भएदेखि बाँदरबाट खेतमा भएको धान जोगाएका कृषकहरुले यो अवस्थामा नेताको पछि लाग्न नसकिने बताएका छन् । ‘बाँदर पस्न नदिई जोगाएको बाँली नथन्क्याएसम्म कही कतै गइँदैन’ लिम्बुले भने ।

इलामको फाकफोकथुम गाउँपालिककै नेत्र तिम्सिनाको भनाई पनि अन्य कृषकको भन्दा फरक छैन । उनी भन्छन्, ‘धान काट्न थालेको तीन दिन भयो, धान नकाटिसकी त केही गरिदैन ।’ घर परिवारले मात्र धान काट्न थालिरहेका तिम्सिना खेताला खोजेर काट्ने तयारीमा छन् । उनले अहिले खेताला पाउन पनि कठिन भएको बताउँछन् । उनी भन्छन्,‘गाउँका युवा धेरै विदेशमा छन्, भएका गाउँमा उमेर खाएका, काम गर्न नसक्ने मात्र छन् खेताला पाउन नै गाह«ो छ, समयमा सक्न नै हम्मे हम्मे पर्छ ।’

मैतमाया, हर्कबहादुर र नेत्र प्रतिनिधि पात्र मात्र हुन । उनीहरू जस्तै धेरै किसान अहिले धान थन्क्याउन व्यस्त छन् । चुनाव प्रचार प्रसारमा नगए पनि भोट हाल्ने मनस्थितिमा चाहिँ कृषकहरु रहेका छन् । निर्वाचन अघि नै धान काटेर थन्क्याउने मनस्थितिमा उनीहरु छन् । कृषि ज्ञान केन्द्रका अनुसार इलामको देउमाई, माई, इलाम र सुर्योदय नगरपालिकामा धान खेती हुने गरेको छ । त्यस्तै सन्दकपुर, माईजोगमाई, रोङ, चुलाचुली, माङसेबुङ र फाकफोकथुम गाउँपालिकामा धान खेती हुने गर्दछ ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved