‘किसानको जीवनस्तर उकास्ने ग्यारेन्टी गर्छौ’

  • कार्तिक २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकालले एमालेले पाँच वर्ष भित्रमा कृषकको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउने बताएका छन् ।
चुनावी अभियानका क्रममा कटहरी गाउँपालिका ३ मा भएको टोल भेलालाई मंगलबार सम्बोधन गर्दै ढकालले नेपाली किसानले भोग्दै आएका समस्याहरु समाधानका लागि एमालेले विशेष कार्यक्रम ल्याएको बताए ।

मलका समस्या, बिऊका समस्या, मुल्यको समस्या, बजारका समस्या रहेको बताउँदै उनले ती समस्या समाधान गर्दै उत्पादित बस्तुको मुल्य र बजारको व्यवस्थाको लागि पहल गरिने बताए । उनले भने–‘नेपाल कृषि प्रधान देश हो, यहाँ अधिकांश नेपाली कृषक छन्, उनीहरुको जीवनस्तर उकास्दै उनीहरुले कृषकले उब्जाएको फसलको बजारीकरणमा आफूले जितेर गएको खण्डमा पहल गर्नेछु ।’
उनले एमालेको सरकार बन्दा कृषि क्षेत्रलाई आधुनिकिकरण गर्दै युवालाई कृषिमा लाग्ने वातावरण सिर्जना गर्ने बताए । उनले भने– ‘नेपालका युवा शक्ति अवसर नहुदा वैदेशिक रोजगारमा गएका छन्, उनीहरुलाई कृषिमै आत्मानिर्भर बनाउने योजना अगाडि बढाउने पार्टी एमाले मात्र हो ।’

उनले कृषकको जीवनस्तर उकास्दै कृषिमा देशलाई आत्मनिर्भर बनाउँने एमालेको लक्ष्य र कार्यक्रम भएको बताए । उनले भने ‘यो क्षेत्र कृषिमा आधारित क्षेत्र हो । त्यसैले एमालेको नीति अनुसार यस क्षेत्रका किसानको जीवनस्तर उकास्न मैले गर्नुपर्ने सबै कार्य गर्नेछु ।’

समयमै मल, बिउ उपलब्ध गराउँने कृषकहरुलाई आधुनिक कृषिको ज्ञान, सीप दिलाउने, कृषिमा यान्त्रिकरण गरेर उत्पादन बृद्धि गर्ने, उत्पादित वस्तुको मुल्य र बजारको ग्यारेन्टी गर्ने कार्य पाँच वर्षमा सकेर किसानको जीवन परिवर्तन गर्ने उनको भनाइ थियो । उनले भने ‘एमालेले जब–जब अवसर पाएको छ, काम पनि गरेको छ ।’ एमाले देश बनाउँने भिजन र काम गर्ने योजना भएको पार्टी भएकाले एमालेलाई यस पटकको निर्वाचनमा बहुमत सहित विजयी गराउन ढकालले मतदातालाई आग्रह गरे ।

मोरङ क्षेत्र नं. ४ का विभिन्न टोलको घरदैलोमा रहेका ढकाललाई चुनावी अभियानमा कलाकारहरुको सास्कृतिक टोलीले पनि साथ दिएको छ । पहिलो पटक यस क्षेत्रमा उम्मेदवार बनेका ढकालको मुख्य प्रतिष्पर्धा यस अघि त्यसै क्षेत्रबाट विजयी भएका माओवादी केन्द्रका अमनलाल मोदीसँग छ । मोदीले आफ्नो कार्यकालमा क्षेत्रको विकासका लागि सक्रिय भूमिका निर्वाह नगरेको भन्दै स्थानीयबासी रुष्ट छन् ।

बजेट अभावले खोटाङको ...

खोटाङ/ किरातकालीन प्रथम राजा यलम्बरको ११० फिट अग्ल ...

मल भ्रष्टाचार मुद्दा ...

धरान/ रासायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद् ...

कोरोना संक्रमण भारतम ...

काठमाडौं/ छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्र ...

धरान वजको आयोजनामा ‘ ...

धरान/  युवाहरुमा आपसी भाइचारा विस्तार गर्न र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved