घुम्न आउनेका लागि धरानको चिनो रुद्राक्ष: कार्यक्रममा समेत रुद्राक्षको प्रयोग बढ्दो

  • कार्तिक ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान घुम्न आउने आन्तरिक पर्यटकहरुले रुद्राक्षको माला चिनोको रुपमा लिएर जाने गरेका छन् । पूर्वदेखि पश्चिमसम्मका आन्तरिक पर्यटकहरुले रुद्राक्ष माला किनेर लगाउने र आफन्तका लागि चीनो लाने गरेका छन् ।

भरतपुर चितवनको हिमालय सेकेन्डरी बोर्डिङ स्कूलका शिक्षक प्रकाश ढुंगानाले धरान आउँदाको चिनो रुद्राक्ष भएको बताए । उनले भने–‘यहाँ रुद्राक्षको माला यहाँको उपयुक्त चिनो भएर आफूले खरिद गरेको बताए । धरान १४ विजयपुरको पिण्डेश्वरी, दन्तकाली मन्दिर घुमिसकेपछि बुढासुब्बाको दर्शन गरेर रुद्राक्ष माला खरिद गर्दै गरेका उनले भने–‘रुद्राक्षले भित्रबाटै आत्मविश्वास बढाउने, यसले थप आध्यात्मिक बनाउने काम गरेको मैले महसुस गरे ।’

यस्तै गोरखाको बारपाक सुलिकोटमा रहेको सरस्वती माविमा कक्षा १० मा अध्ययनरत मिलन खड्काले समेत रुद्राक्ष माला मन परेर खरिद गरेको बताए । उनले गोरखामा सबै कुरा भेटिए पनि रुद्राक्ष माला कम भेटिने गरेको बताए । उनले भने–‘भेटिए पनि महंगा पर्छ, यहाँ ५० रुपैयाँमा नै रुद्राक्षको माला किन्न पाए ।’ उनले आफूले लगाएको माला देखाउँदै भने–‘मन प¥यो लगाइहालेँ, परिवारलाई पनि खरिद गरेर लगिदिएको छु ।’
यस्तै हेटौडा नगरपालिका ५, सानो पोखरा, मकवानपुरमा रहेको सिद्धार्थ शिशु सदनमा अध्यनरत विद्यार्थी विप्लव कार्कीलाई पनि रुद्राक्षको माला औँधी मन परेको बताए । उनले भने–‘सस्तो, लगाउदा आकर्षक, स्वास्थ्यको लागि पनि राम्रो भन्ने सुनेकोले खरिद गरेको हो ।’

यी त उदाहरण पात्र मात्र हुन् अहिले विजयपुरमा यो सिजनमा सहकारी संस्था, विद्यालय, जेष्ठ नागरिकहरु भ्रमणका लागि अत्याधिक आउन थालेका छन् । विजयपुरमा रहेका मठ मन्दिरको दर्शनपछि उनीहरुको आँखा रुद्राक्षको मालामा पुग्ने गरेको रुद्राक्ष व्यापारी स्थानीय प्रेम प्रसाद पराजुली बताउँछन् । उनी भन्छन्–‘अहिले दैनिक ७० देखि ८० वटा सवारी साधन विजयपुरमा आउने गर्छन, ती सबै विजयपुरमा रहेका मठ मन्दिरको दर्शन गर्न आएका हुन् । उनीहरुले प्राय ः जसोले रुद्राक्षको माला खरिद गरेर लाने गरेका छन् ।’

उनले पूर्वीय दर्शन अनुसार १४ क्षारण्यहरु रहेको बताए । रुद्राक्ष उत्पति भएकोले विजयपुरलाइ रुदाक्षरण्य भन्ने गरेको बताउँदै रुद्राक्षको महत्व धेरै भएको बताए । उनले भने–‘रुद्राक्ष भगवान शंकरको आँशुबाट उत्पादन भएको मानिन्छ, धार्मिकसँगै आर्युवेदमा समेत रुद्राक्षको प्रयोगलाई महत्वपूर्ण मानिन्छ, एक्युपम्चर उपचार प्रणालीमा रुद्राक्षलाई पावरफुल औषधिको रुपमा विज्ञानले समेत लिएको छ, अन्य सामाग्री भन्दा रुद्राक्षको माला अति सस्तो भएकोले पनि यहाँ आउनेले रुद्राक्षको माला नै लिएर जाने गरेको हुनसक्छ ।’ उनले रुद्राक्षको माला प्रतिगोटा १५ देखि ३० र १०८ वटा रुद्राक्षको मालालाई ५० रुपैयाँसम्म विक्री गर्ने गरेको बताए ।

अब मेचीनगरमा नगद हैन ...

झापा/  करदातालाई अब नगद बोकेर नगरपालिकाको धक् ...

उद्धार गरेर ल्याइएकी ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया ...

बजेट अभावले खोटाङको ...

खोटाङ/ किरातकालीन प्रथम राजा यलम्बरको ११० फिट अग्ल ...

मल भ्रष्टाचार मुद्दा ...

धरान/ रासायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved