बीपीका सुरक्षा गार्ड आन्दोलित

  • कार्तिक ४, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

विजयपुर/ प्रतिष्ठानमा कार्यरत सुरक्षा गार्ड आन्दोलित बनेका छन् । कार्यरत सुरक्षा गार्डलाई भिआइपी सेक्युरिटी सर्भिसले बिना कारण निष्कासन गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले भिआइपी सेक्युरिटी सर्भिस अगाडि धर्ना दिएका थिए ।

आन्दोलनमा उत्रिएका पीडित सन्देशबहादुर सुनारले सेक्युरिटी सर्भिसले बिना कारण २५ जनालाई निस्कासन गरेको बताए । उनले भने–‘एक महिनाको तालिम पनि २३ दिने ट्रायलका लागि डिउटी दिएको थियो, ट्रायल सकिने वित्तिकै आफूहरुलाई कामबाट बञ्चित गरिएको छ, यसले हामीलाई अन्याय भएको छ ।’
प्रतिष्ठानले नै सुरक्षा गार्डहरुको माग गरे पछि गत साउने २ गतेबाट भि.आई.पि सेक्युरिटीले एक महिनाको तालिम गराएर छनौट पश्चात २५ जनालाई बीपीमै काम लगाएको सुनारको भनाई छ । अहिले आएर कामबाट बञ्चित गरेको उनको भनाई छ ।

धरान १९ का पुष्प राईले छनौट गरेर २३ दिन सम्म काममा राखे पनि जानकारी विना नै सेक्युरिटी सर्भिसले कामबाट निकालेकाले आन्दोलन गर्नुपरेको बताए । उनले भने–‘म विदेश जाने तयारीमा थिएँ, त्यो समेत छोडेर घरपायकको जागिर खान यहाँ आएको थिएँ, तर सबै चकनाचुर भयो, विदेश पनि जान पाइन, यहाँ पनि काम पाइनँ ।’

धरान १७ का युवराज थापा मगरले मलेसियाको भिषा छोडेर परिवारसँग बसेर नजिकै काम गर्ने भनेर मलेसिया जाने भिषा समेत छाडेर काम गर्न आएको बताए । उनले भने–‘विदेश जानुभन्दा स्वदेशमै केही गरु भनेर सेक्युरिटी गार्डमा आए, तर अहिले यता न उताको भएँ ।’ उनीहरुस्तै धरान १९ का युवराज क्षेत्रीले पनि दुबै जाने भिषा क्यान्सिल गरेर प्रतिष्ठानमा जागिर खान आएको बताए ।
प्रतिष्ठानमा १३२ जनाएको दरबन्दी भए पनि सेक्युरिटी सर्भिसर्ले ७५ देखि ८० जना सुरक्षा गार्ड मात्र कार्यरत रहेको उनीहरुले आरोप लगाए ।

यता भिआइपीका डाइरेक्टर टेक लोहनीले जागिर दिने नदिने कुरा प्रतिष्ठानको हातमा रहेको बताउँदै यसको दोषचाहिँ भिआइपीले लिएको बताए । उनले कोभिडको समयमा थपिएका २८ जनालाई प्रतिष्ठानले नै निष्कासन गरेको बताए । उनले भने–‘साविकको १ सय ३२ जना सेक्युरिटी गार्ड अहिले पनि काम गरिहेका छन्, डेढ महिना अगाडि थपिएका अतिरिक्त २८ जनालाई बीपी क्याम्पले नै हटाएको हो, हामीले हैन ।’

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved