सबैतिर चुनावको सरगर्मी : ‘चुनावबारे थाहा छैन’

  • कार्तिक ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मंसिर ३ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि हुने निर्वाचन नजिकिदै जाँदा जताततै चुनावी गफ हुने गरेको छ । उमेद्वारहरुले मनोनयन दर्ता सँगै चुनाव चिन्ह प्राप्त गरेपछि यसपटक दलभन्दा स्वतन्त्रका उमेद्वारको पल्ला भारि वा स्वतन्त्र भन्दा दलकै उमेद्वारको पल्ला भारि जस्ता विषयमा शुरु भएको छ । चियापसल, किराना पसल, होटल तथा विभिन्न सार्वजनिक स्थानमा यस्तो चर्चा हुने् गरेको छ । तर यस्ता वर्ग पनि छन् जसलाई चुनाव कहिले र को को उमेद्वार छन् भन्ने कुरा समेत थाहा छैन ।

धरान ४ दानाबारीका राजकुमार राईलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नै थाहा छैन । कृषि पेशा अंगाल्दै आएका उनले मंसिरमा चुनाव भन्ने सुनेको तर कस्तो चुनाव त्यो समेत थाहा छैन । उनले चासो राखेर पनि केही फाइदा नहुने बताए ।

उनले भने–‘कृषकलाई बजार चाहिएको छ, बाटो घाटोको सुविधा चाहिएकाृे छ, तर जितेर गएकाहरुले कसैले यस्ता कुरामा ध्यान दिएको छैन ।’
राजकुमारजस्तै सोही ठाउँका उमेश राईलाई पनि राजकुमार राईलाई पनि चुनावसम्बन्धी केही थाहा छैन, कस्तो चुनाव हो, चुनावमा को को उठेका छन्, कसलाई भोट हाल्नुपर्ने उनलाई केही थाहा छैन । उनी भन्छन्–‘मलाई चुनाव कहिले हो थाहा छैन, मंसिरमा हो भन्ने सुनेको हु, कस्तो चुनाव हो, को को उठेका छन् केही थाहा छैन ।’

यी दुई त प्रतिनिधिपात्र मात्र हुन यस्ता धेरैलाई आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनको विषयमा अनविज्ञ छन् । धरान उपमहानगरपालिका वडा नं. ४ मा पर्ने दानाबारी जो उपमहानगरपालिकाभित्र नै पर्छ, सुविधासम्पन्न उपमहानगरपालिकाभित्रका सर्वसाधारणले चुनावको विषयमा अनविज्ञता प्रकट गर्छन ।

अझ ग्रामीण क्षेत्र बस्ने सर्वसाधारणलाई चुनावबारे केही थाहा छैन । धरान ४ दानाबारी लगायत आसपासका क्षेत्र कृषि पकेट क्षेत्र हो । यस क्षेत्रमा उब्जाएको सब्जी, फलफूल कृषकहरुले विक्रीका लागि धरान बजार ल्याउने गरेका छन । उमेश राई भन्छन्–‘यस क्षेत्रमा धेरै कृषिजन्य सामाग्री उत्पादन हुन्छ, बाटोघाटो राम्रो छैन, बजारको व्यवस्था छैन, चुनाव नजिक आएपछि नेताहरु हात जोड्दै भोट माग्न आउँछन्, जितेर गएपछि गाउँ फर्किएर आउँदैनन्, केही काम परेर गयो भने नेताले हामीलाई चिन्दैनन् ।’

रमेशको भनाई पनि उमेशकै जस्तो छ, उनले समेत जितेर गएकाहरुले कृषकका लागि केही नगरेको बताए । उनले कृषकलाई समयमै चाहिने मल, विउको व्यवस्था नहुँदा समस्या हुने बताउदै दुःख गरेर उब्जाएको कृषिजन्य सामाग्रीले बजार नपाउँदा सस्तो मूल्यमा विक्री गर्नुपर्ने बताए ।

यसमा जितेर गएका नेताले केही नगरेको बताए । उनले भने–‘नेपालमा नेता धेरै भए तर काम गर्ने नेता भने कमै भए, गाउँ, नगर, जिल्लाको विकास गर्ने भनेर जित्छन्, जितिसकेपछि विकास त परै जाओस् भोट दिने मतदातालाई धन्यवादसमेत दिँदैनन् ।’
उनीहरुले मतादातालाई धन्यवाद नदिने, जितेर गएपछि नचिन्ने नेताले विकास गर्छन् कुरामा आफूहरुलाई विश्वास नभएको बताए ।

उद्धार गरेर ल्याइएकी ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया ...

बजेट अभावले खोटाङको ...

खोटाङ/ किरातकालीन प्रथम राजा यलम्बरको ११० फिट अग्ल ...

मल भ्रष्टाचार मुद्दा ...

धरान/ रासायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद् ...

कोरोना संक्रमण भारतम ...

काठमाडौं/ छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved