यस्ता छन् प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले स्वघोषणा गर्नुपर्ने बुँदा

  • असोज २२, २०७९
  • "रासस"
alt

काठमाडौं / निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारले स्वःघोषणा गर्नुपर्ने बुँदा सार्वजनिक गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गरी उम्मेदवारले आफू नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको, प्रतिनिधिसभा सदस्य निर्वाचनका हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेशसभा सदस्य निर्वाचनका हकमा सम्बन्धित प्रदेशको गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको स्वघोषणा गर्नुपर्नेछ।

त्यस्तै उम्मेदवारले कुनै संघीय कानुनले अयोग्य नभएको, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल नरहेको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको स्वघोषणा गर्नुपर्ने जनाइएको छ।

यसैगरी, निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा ९३० बमोजिम कारबाही नभएको, प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारका लागि कुनै दलको बन्दसूचीमा नाम नरहेको, प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि अन्य कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारका लागि मनोनयनपत्र पेस नगरेको स्वघोषणा गर्नुपर्नेछ।

कुनै पनि सरकारी निकायलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको, सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको, संविधानको धारा २९१ बमोजिम विदेशको स्थायी आवासीय अनुमतिपत्र ९डिभीरपिआर० नलिएको भन्ने उम्मेदवारले कबुल गर्नुपर्नेछ।

त्यस्तै न्यायिक वा अर्धन्यायिक निकायबाट लागेको कैद सजाय, जरिवाना तिर्न बुझाउन बाँकी नरहेको, प्रचलित कानुनबमोजिम कुनै सरकारी निकायलाई बुझाउनुपर्ने कर, राजस्व, शुल्क, दस्तुर तिर्न बुझाउन बाँकी नरहेको, निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न प्रतिबद्ध रहेको, नेपालको संविधान, कानुन र निर्वाचन ऐन, नियमभित्र रही निर्वाचनमा भाग लिन प्रतिबद्ध रहेको, आफू उम्मेदवार भएको पदमा निर्वाचित भएको अवस्थामा मनोनयनपत्र साथ सिलबन्दी रूपमा पेस गरेको सम्पत्ति विवरण निर्वाचन आयोगबाट सार्वजनिक गर्न मञ्जुरी रहेको प्रतिज्ञा पनि उम्मेदवारले गर्नुपर्नेछ।

उपरोक्तानुसारको स्वःघोषणा प्रत्येक उम्मेदवारले आफ्नो मनोनयनपत्र साथ पेश गर्नुपर्ने भएकाले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही मिति २०७९ असोज २३ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ।

कोशी प्रदेश ब्याडमिन ...

धरान/  कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिताको ...

धनकुटामा पहिलो पटक श ...

इटहरी/  जिल्लामै पहिलो पटक बुधबार साँझ धनकुटा ...

नाम्जेको होमस्टेमा च ...

धरान/ अमेरिकाको सिएननले विश्वमा रहेको १२ औं गन्तव् ...

अब मेचीनगरमा नगद हैन ...

झापा/  करदातालाई अब नगद बोकेर नगरपालिकाको धक् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved