नहर आसपास फेरि घर–टहरा बनाउने क्रम बढ्दो

  • असोज २१, २०७९
  • "रासस"
alt

सुनसरी/ मोरङ सिँचाइ आयोजनाको चतरा नहरआसपास फेरि घर–टहरा बनाउने क्रम बढ्न थालेको छ । सात वर्षअघि नियमनकारी निकायले घर–टहरा हटाएर केही वर्ष रोकिएकामा फेरि बनाउने क्रम बढेको हो ।

विसं २०७२ मा सुनसरी बराह क्षेत्रको चतरादेखि नहर पुग्ने अन्तिम स्थान मोरङको बाहुनीसम्मको क्षेत्रमा पाँच हजार पाँच सय हाराहारी घर–टहरा भत्काइएका थिए । घर–टहरा हटाउन आयोजनाले पटक पटक सूचना गर्दा पनि अटेर गरेपछि अन्तिममा सुरक्षाकर्मी परिचालन गरी डोजर लगाएर घर–टहरा भत्काइएको थियो ।

तर पछिल्लो समय फेरि अतिक्रमित जमिन खाली गराउन पहल नहँुदा घर–टहरा बनिरहेका छन् । सुनसरीको चतराबाट नहर पुग्ने मोरङको बाहुनीसम्म ५३ किलोमिटर आसपास घर–टहरा बनाउने क्रम नरोकिँदा नहर साँघुरिँदै गएको छ ।

दुई वर्षयता रामधुनीको झुम्काबजारदेखि उत्तर–दक्षिण दुवैतर्फ नहर आसपास घरटहरा बनाउने क्रम बढ्दै गएको छ । मोरङको बूढीगङ्गा गाउँपालिकादेखि बाहुनीसम्म पनि ठाउँठाउँमा घर–टहरा बनाइएका छन् ।

सुनसरी–मोरङ सिँचाइ आयोजनाले नहरको आसपासमा कुनै प्रकारको अतिक्रमित गतिविधि नगर्न पटकपटक सार्वजनिक सूचना नै जारी गर्ने गरेको छ । तर सिँचाइ आयोजनाको आग्रहलाई अटेर गर्दै नहर आसपास मनोमानी घर–टहरा बनिरहेका छन् ।

सुनसरीको रामधुनी र इटहरीको खनार क्षेत्रमा जथाभावी घर–टहरा बनाउने क्रम तीव्र बनेको छ । कतिपय सङ्घसंस्थाको अगुवाइमा शौचालय र सिँचाइकै जग्गामा भवनसमेत निर्माण गरिएको छ ।

बसोबास गर्ने क्रममा अन्यत्र बस्ने दरिलो आधार नभएपछि बाध्य भएर नहर आसपासका जग्गामा बस्नु परेको स्थानीयवासीले बताएका छन् । उनीहरुले सुनसरी मोरङ सिँचाइ आयोजनाले सूचना निकालेर हट्न आग्रह गरे पनि उपाय नभएपछि बस्नु परेको बताएका छन् ।

रामधुनी नगरपालिका–१ का वडाध्यक्ष महेशकुमार चौधरीले बजारको बीचबाट नहर बगेकाले बजार नै कुरूप बन्दै गएको र नहर अतिक्रमणको चपेटामा परेको बताउनुभयो ।

नहर आसपास बसोबास गर्नेलाई ऐलानी जग्गाको पहिचान गरी सार्ने योजना रहेको इटहरी–१६ का वडाध्यक्ष तेजनारायण चौधरीले बताउनुभयो ।

अन्न उत्पादनका लागि सुनसरी र मोरङ पूर्वकै उर्वरभूमि मानिन्छन् । नहर दिनानुदिन साँघुरिएकाले खाद्यान्न उत्पादनमा कमी आउने गर्छ । चतरा नहरले सुनसरी–मोरङको एक लाख दुई हजार बिघा खेतीलाई सिञ्चित गर्ने गर्छ । नहर विसं १९६७ मा बनाइएको हो ।

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

धनकुटामा पहिलो पटक श ...

इटहरी/  जिल्लामै पहिलो पटक बुधबार साँझ धनकुटा ...

नाम्जेको होमस्टेमा च ...

धरान/ अमेरिकाको सिएननले विश्वमा रहेको १२ औं गन्तव् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved