नेपालीहरुको चाडपर्व धमाधम भित्रिदै: मूर्तिको कारोबार बढ्यो

  • भदौ ३०, २०७९
  • "चन्दन रौनियार"
alt

धरान । नेपालीहरुको चाडपर्वहरु धमाधम भित्रिन थालेका छन् । यी चाडमध्ये दशै र तिहारलाई नेपालीहरुले भव्यतासाथ मनाउने गर्छन् भने विश्वकर्मा पूजालाई पनि नेपालीले उत्तिकै महत्व दिएर मनाउने गरेका छन् ।

दुई बर्ष विश्व महामारी कोरोनाले नेपालीको मौलिक पर्वलाई प्रभावित पा¥यो । मौलिक पर्व प्रभावित हुँदा यससँग सम्बन्धित उद्योगधन्दा, कलकारखाना पनि पूर्ण रुपमा बन्द भए । जसले गर्दा विभिन्न देवदेवीका मूर्ति बनाउनेहरुको पेशा समेत संकटमा प¥यो ।

अहिले कोरोना संक्रमण यथावतै रहे पनि चाडपर्व मनाउन कुनै बन्देज छैन । नेपाली महिलाहरुको महान चाड तीज, हिन्दु धर्मालम्बीहरुको महान चाड, जनाई पूर्ण, कुशे औशी लगायतका चाडपर्व खुलेर मनाइसकेका छन् । यसपछि वैसाख १ गते विश्वकर्मा पूजा मनाउने तयारीमा नेपालीहरु लागेका छन् ।

चाडपर्व प्रभावित नभएकै कारण मूर्तिकारले बनाएका मूर्तिहरु समेत धमाधम विक्री भइरहेका छन् ।

दुहवीमा मूतिृकार रतनपाल दादाले दुई बर्ष कोरोनाको कारण ठप्प बनेको मूर्तिको विक्री यस पटक बढेको् बताएका छन् । हरेक नेपालीहरुको मौलिक चाडपर्व शुरु हुनुभन्दा अगाडि उनले चाडपर्व अनुसारका देवीदेवताका मूर्ति बनाउने काम गछन् । उनले अहिले विश्वकर्मा पूजालाई लक्षित गरी विश्वकर्मा बाबाको मूर्ति बनाएका छन् । बनाइएका मूर्ति धमाधम विक्री भएको मूर्तिकार दादा बताउछन् । दुहवी नगरपालिका वडा नं. ६ मा उनी विगतदेखि नै विश्वकर्माको मात्र हैन, विभिन्न देवीदेवताको मूर्ति बनाउदै आएका छन् । विश्वकर्मा बाबाको मूर्तिसुनसरी–मोरङ औद्योगीक करिडोरमा बढी जाने गरेको दादाले बताए । उनले भने विश्वकर्मा आउन अब एक दिन बाँकी छ, अर्डर धेरै आएका छन् । यस बर्ष मैले २ सय वटा विश्वकर्मा बाबाको मूति बनाए, अहिलेसम्ममा १ सय वटा विक्री भइसके ।’ उनले भने विगतको तुलनामा मूर्तिको विक्री कम भए पनि कोरोना संक्रमणको समयमा ठप्प भएको व्यापारमा केही सुधार आएको बताए ।

मूर्ति बनाएरै बेचेको रकमबाट परिवार पाल्दै आएका रतन दादाले बनाएको मूर्ति गुणस्तर र साइज हेरेर ४ हजारदेखि १० हजारसम्म विक्री गर्ने बताए । उनले भने–‘मेरो यही पेशा हो, म दुर्गापूजाको समयमा दुर्गामाताको मूर्ति ,सरस्वती पुजाको समयमा सरस्वतीको मूर्तिलगायत चाडपर्व हेरेर मूर्ति बनाउने गर्छु, बनाएको मूर्ति प्राय: विक्री हुने गरेको छ ।’

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

धनकुटामा पहिलो पटक श ...

इटहरी/  जिल्लामै पहिलो पटक बुधबार साँझ धनकुटा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved