समाचार प्रभाव : अतिक्रमित गढीको स्थलगत निरीक्षण

  • भदौ २१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । अतिक्रमणमा परेको सुनसरीको बराहक्षेत्र १ स्थित भवानी स्थान गढीको वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र स्थानीयवासीले स्थलगत अनुगमन गरेका छन् ।

४ सय वर्ष पुरानो मानिएको गढी क्षेत्र अतिक्रमणको चपेटामा परेको समाचार प्रकाशित भएपछि वराह सव डिभिजन वन कार्यालय, बराहक्षेत्र वडा नं. १ को कार्यालयको ध्यानाकर्षण भएको हो ।

सेनवंशी राजा लोहाङ सेनले पूर्व राज्य विस्तारका क्रममा स्थापना गरेको बागदलबारीस्थित लालकोट रंगमहल दरबार र दरबारको रक्षार्थ स्थापना गरिएको गढी ‘लालकोट गढी’ (भवानी थान गढी) अतिक्रमण हुँदै गएको समाचार प्रकाशित भएको थियो ।

सुनसरी जिल्लाको सबैभन्दा अग्लो ठाउँ (९१४ मिटर) को उचाइमा रहेको गढी आसपासमा रहेका रुखहरु कटान गरिएको छ । जंगलबीचमा रहेको गढीक्षेत्रलाई फडानी गरी व्यक्तिगत होटल सञ्चालन गर्ने मनशायले गढी क्षेत्र अतिक्रमण भएको समाचार स्रोतको दाबी छ । उक्त क्षेत्रमा ठूलो क्षेत्रफलमा ऐलानी किनबेच भएको बताइएको छ । स्थानीयलाई समेत प्रभावमा पारेर जंगललाई खारेर साहसिक पर्यटनका लागि व्यक्तिगत लगानी गर्ने मनसाय रहेको स्रोतको दाबी छ । स्थानीय भवानी स्थान संरक्षण समितिलाई समेत प्रभावमा पारी जंगल फडानी गरिएको स्थानीयले बताएका छन् । फडानी भएको क्षेत्रमा गढीको भग्नावशेष देख्न सकिन्छ ।

सोमबार बराहक्षेत्र १ का वडाध्यक्ष किसन मगर, वडा सचिव लक्ष्मण पौडेल, कर्मचारी गोपाल तामाङ, वराह सव डिभिजन वन कार्यालयका रेञ्जर शिशुराज झाका साथै वनरक्षकहरु उक्त क्षेत्रको स्थलगत अवलोकन गर्न पुगेका थिए ।

अनुसन्धानपछि कानुनी कारबाही अघि बढाइने रेञ्जर झाले जानकारी दिए । उनले फडानी गरिएका र खाली वन क्षेत्रमा वृक्षरोपण गरिने बताए । गढीको संरक्षण गर्नका लागि पहल गरिने वडाध्यक्ष किसन मगरले बताए ।

राजा लोहाङसेनको अवसानपछि हरिहरसेनले यो क्षेत्रमा तीव्र विकास गरेको ऐतिहासिक दस्तावेजमा पाउन सकिन्छ । सो तथ्य साफल्य अमात्यद्वारा लिखित ’प्राचीन नेपाल’ मा सेनहरुद्वारा पूर्वी राज्य विस्तार गरिएका सन्दर्भहरु उल्लेख गरिएको छ ।

लोहाङ सेनका नाति आफूलाई ’हिन्दूपति’ घोषणा गरेका हरिहर सेनको दरबारको भग्नावशेष अझै देख्न सकिन्छ ।

सो क्षेत्रलाई स्थानीयहरुले हिन्दूपति राजाको दरबार भन्ने गरेका छन् भने भवानी स्थान गढी स्थापना गरेको ऐतिहासिक तथ्य रहेको छ ।

इमानसिह चेम्जोङद्वारा लिखित विजयपुरको सक्षिप्त इतिहास, २०५९ मा समेत यहाँका प्रसङ्गहरु उल्लेख गरिएको छ । त्यस्तै ज्ञानमणि नेपालद्वारा लिखित २०५५ सालमा प्रकाशित ’नेपाल निरुपण’ मा समेत यहाँका तथ्य उल्लेख भएको स्थानीय अध्येता नवराज विष्ट बताउँछन् ।

साविक बराहक्षेत्र गाविस वडा न ९ र ८ को सामुदायिक वनको सीमा विवादका कारण भवानी थान मन्दिर संरक्षण समिति मातहत राखिएको सो क्षेत्रमा अपेक्षित विकास हुन सकेको छैन । स्थानीय सरकारले पनि ऐतिहासिक दरबार, किल्ला र गढीको संरक्षणमा चासो देखाएको छैन ।

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

धनकुटामा पहिलो पटक श ...

इटहरी/  जिल्लामै पहिलो पटक बुधबार साँझ धनकुटा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved