कृषकलाई जनचेतनाको अभाव: अग्र्यानिक भन्दा रसायनिक मलको बढी प्रयोग

  • भदौ १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कृषकहरुले धरै उत्पादन गर्ने अभिप्रायले रसानिक मल प्रयोग गर्ने गर्छन । युरिया, डिडिटी, विएचसी लगायतका रसायनिक मल प्रयोग गर्दा खेतीको उर्वराशक्ति ह्रास हुदै गएको छ भने मल समयमै कृषकले नपाउँदा राम्रो उत्पादन गर्न पाएका छ्रैनन् ।

रसायनिक मल उत्पादन गर्दा फाइदा भन्दा पनि बेफाइदा बढी छ । रसायनिक मल नियन्त्रण आदेश २०५५ र पहिलो संसोधन आदेश २०५७ समेत प्रभावित हुने  गरी यस्ता मलहरु ज्थाभावि प्रयोग गर्ने गरिएको छ ।

नेपाल कृषि प्रधान देश हो, नेपालका ८० देखि ९० प्रतिशत सर्वसाधारण कृषिमै आश्रित छन् तर् पछिल्लो समय कृषि क्षेत्र घडेरीमा परिणत हुनु र उत्पादनमा ह्रास आउन थालेपछि कृषकहरुले वैकल्पिक पेशा रोज्न थालेका छन् । कृषिको उत्पादन बढाउन सरकारले गम्भिरता नदेखाएकै कारण यस्तो समस्या भएको हो ।

धरान ६ पानबारीमा भेन्चर वेष्ट टु इनर्जी प्रा.लि.ले धरान उपमहानगरपालिकासँग स्वीकृति लिएर फोहोर प्रशोधन केन्द्र सञ्चालमा ल्याएको छ । कुहिने फोहोरबाट उसले सिएनजी ग्याँस, मल उत्पादन गर्छ । तर त्यहा उत्पादन भएको मल कृषकले प्रयाग गर्दैनन् घरको छत अथवा कोठेबार्ीमा प्रयोग गर्ने गर्छन । सरकारले रसायिनक मल विस्थापित गर्ने ऐन बनाए पनि कृषकलाई बुझाउन नसक्दा अग्र्यानिक मल कृृषकले प्रयोग नगर्ने गरेको मलको डिपार्ट हेदैै आएका दिपेश महर्जन बताउछन् । उनले भने–‘यहाँ उत्पादन भएको मल वास्तविक कृषकले लादैनन्, घरको छठमा तरकारी रोप्ने, फूल रोप्ने, कोठेबारीमा प्रयोग गर्न मात्र मलको प्रयोग गर्छन् ।’ जनचेतनााका कारण कृषकहरुले अग्र्यानिक मल भन्दा रसायिनक मल बढी प्रयोग गर्ने गरेको उनी बताउछन् । उनले यो केन्द्रबाट दैनिक ३ सय केजी मल उत्पादन उने बताए ।

ग्याससँगै अग्र्यानिक मल उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालन भएको फोहोर प्रशोधन केन्द्रबाट उत्पादन भएको मल प्रयोग गर्दा हुने फाइदा कृषकलाई जानकार नहुदा प्रयोग कम भएको सञ्चालक विपुलराज पाण्डे बताउछन् । वातारण स्वच्छ बनाउने उद्देश्यले सञ्चालन भएको यो केन्द्रको उद्देश्य पनि कृषकलाई अग्र्यानिक मल उत्पादन गरेर माटोको उवर्राशक्ति बढाउने रहेको बताए । उनले भने–‘हामीले कृषकलाई लक्षित गरेर अग्र्यानिक मल उत्पादन गरेका हौं, तर कृषकले मल नै प्रयोग गर्दैनन् ।’ उनले कृषकले नलग्दा समेत यहाँ उत्पादन भएको मल सबै विक्री हुने बताए ।

धरान ६ पानबारीमा १ विगाहा २ कट्टा क्षेत्रफलमा फोहोर प्रशोधन केन्द्र सञ्चालनमा  ल्याएको छ । सञ्चालन भएको २० बर्षपछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने उद्देश्यले सञ्चालनमा आएको यो केन्द्रको उद्देश्य अनुरुप स्थानीय सरकारल समेत पहल गर्न सकेको छैन । छिटो उत्पादन गर्ने नाममा रसायनिक मल प्रयोग गर्ने कृषकलाई बुझाउन सकेको छैन । जे उद्देश्यले सञ्चालन भएको हो, त्यो उद्देश्य पूरा गर्ने दायित्व स्थानीय सरकारको हो, यसतफे सोच्न जरुरी छ ।

दुर्घटना परेकी देविक ...

धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा ...

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved